समाज

डा केसीको उपचारका लागि पाँच सदस्यीय टोली गठन

डा केसीको उपचारका लागि पाँच सदस्यीय टोली गठन

काठमाडौं । विगत १० दिनदेखि अनशन डा. गोविन्द केसीको उपचारका लागि पाँच सदस्यीय चिकित्सकको टोली गठन गरिएको छ । केसीको उपचारमा डा. प्रदिप कृष्ण श्रेष्ठ, दिब्या सिंह र सविन थपलियालगायतको चिकित्सकको टोली रहेको त्रिवी शिक्षण अस्पतालका निर्देशक प्रेम खड्काले जानकारी दिए।

 

नेपालको चिकित्सा शिक्षा सुधारको माग राखेर पटकपटक अनशन बस्दै आएका डा. केसीले १६औँ अनशनमा आफूसँग यसअघि भएका सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्न माग गरेका छन् । उनले पुस २५ गते इलामबाट अनशन सुरु गरेका थिए । उनको स्वास्थ्य सिथिल बन्दै गएपछि शुक्रबार बिहान सेनाको नाइटभिजनमार्फत् काठमाडौं ल्याएको छ । उनको अहिले त्रिवि शिक्षण अस्पतालमा आइसियुमा राखेर उपचार हुँदै छ।

 

केसीलाई निमोनिया भने नरहेको शिक्षण अस्पतालका निर्देशक  खड्काले जानकारी दिए। त्यस्तै डा केसीलाई कुनै संक्रमण नरहेको र रिपोर्ट आउन बाँकी रहेको भन्दै निर्देशक खड्काले रिर्पोट केहीबेरमा सार्वजनिक गरिनेसमेत बताए।

डा गोविन्द केसी

विशेष