वैदेशिक रोजगारीमा उच्च गिरावट
काठमाडौं । पछिल्लो पाँच महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा उच्च गिरावट आएको छ । राष्ट्र बैंकको पाँच महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार मंसिरसम्ममा ९२ हजार नौ सय ३१ जना कामका लागि बाहिरिएका छन्।
यो अघिललो वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशतले कम हो । रोजगारको प्रमुख गन्तव्य मलेसिया जान रोक लगाइएपछि यो संख्यामा कमी आएको जानकारहरू बताउँछन् । गत वर्ष मलेसियातर्फ ४९ हजार ५७ कादार गएकामा यो वर्ष दुई हजार पाँचसय मात्रै गएका छन् । सरकारले मलेसिया जाने कामदारलाई बढी शुल्क लिएको भन्दै गत जेठदेखि त्यहाँ जान रोक लगाइएको थियो ।
यो वर्षको तथ्यांकमा मलेसिया गएका देखिएका पनि त्यसअघि नै भिसा लागेकाहरू हुन् । पछि कात्तिकमा श्रममन्त्री गोकर्ण विष्ट र समकक्षीले श्रम सम्झौतामा हस्ताक्षर गरे पनि कार्यान्यनमा आएको छैन । नेपालको प्रमुख गन्तव्य मानिएको मलेसिया जेठ २ देखि बन्द छ । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
वैदेशिक रोजगारी