मनोरञ्जन

तीन खानलाई इंगित गर्दै दीपिकाले भनिन् : अब ‘स्टारडम’ले फिल्म चल्ने दिन गए

तीन खानलाई इंगित गर्दै दीपिकाले भनिन् : अब ‘स्टारडम’ले फिल्म चल्ने दिन गए

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण अहिले बलिउडकी सार्वधिक सफल अभिनेत्रीको रूपमा गनिन्छिन् । उनी अब फिल्म चल्न स्टारडम नभएर कन्टेन्ट हुनुपर्ने बताउँछिन् ।

 

पछिल्लो वर्ष ‘पद्मावत’ जस्तो हिट फिल्म दिइसकेकी दीपिकाले एक अन्तरक्रियामा उदाहरण दिँदै उनले तीन खानको फिल्म असफल भएको तर आयुष्मान खुरानाको ‘अन्धाधुन्ध’ र राजकुमार राओको ‘स्त्री’ ले जमेर कमाइ गरेको बताइन् । यसबाट दर्शकले सुपहरस्टार नभएर फिल्मको कन्टेन्टलाई ख्याल गर्ने प्रमाणित भएको उनको आसय थियो ।

 

महिला केन्द्रित फिल्म हाल अधिक रूपमा सफल भइरहेको भन्दै उनले थपिन्, ‘अभिनेत्रीको नेतृत्वमा बनेको फिल्मले धेरै राम्रो गरिरहेको देखेकी छु । हामी आज यस्तो अवस्थामा छौं जहाँ निर्देशक फिल्मलाई महिला केन्द्रित बनाउनको लागि भूमिका फेरिरहेका छन् । यस्तो पहिला कहिल्यै भएको थिएन । डाइरेक्टर्ससँग जुन स्क्रिप्ट हुन्थ्यो त्यो पुरूष आधारित हुन्थ्यो तर अचानक निर्देशकहरू अब यसलाई फेरबदल गरेर महिला प्रमुख बनाइरहेका छन् । यो हाम्रो लागि ठूलो सफलता हो ।’

 

अब फिल्म बनाउँदा ठूलो स्टार कास्टभन्दा पनि दर्शकको रोजाइमा र कन्टेन्टलाई ध्यानमा राखेर फिल्म बनाउनुपर्ने उनको मान्यता छ । पछिल्लो वर्ष ठूला स्टार कास्ट भएको फिल्म नचलेर सानो सहरको आम जीवनसँग जोडिएको कहानीले राम्रो प्रतिक्रिया पाएका उदाहरण पनि उनले दिइन् ।

आमिर खान सलमान खान दीपिका पादुकोण शारुखा खान

विशेष