कभर स्टोरी भिडियो

‘बम दिदीबहिनीको अधिकार रक्षाका लागि पहल गर्नु मेरो कर्तव्य’ (भिडियोसहित)

‘बम दिदीबहिनीको अधिकार रक्षाका लागि पहल गर्नु मेरो कर्तव्य’ (भिडियोसहित)

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्त हत्याकाण्डमा मुछिएका बम दिदीबहिनीहरु यतिबेला काठमाडौंमा छन् । सि‌‌‍हदरबारअगाडि पेटिकोट लगाएर निर्मला पन्तका बलात्कारीलाई फाँसीको सजाय दिनुपर्छ भन्दै आन्दोलन गर्ने सावित्री सुवेदीले बम दिदीबहिनी (बबिता बम, रोशनी बम)लाई बुधबार साँझ  काठमाडौं ल्याएकी हुन् । 

 

महिले अधिकार अभियान्ता सावित्री सुवेदी विभिन्न कारणले चर्चामा आइरहन्छिन् । बलात्कारीलाई फाँसी दिनेबारे सिंहदरबार अगाडि ‘पेटिकोट’ लगाएर उभिने होस् त न्यायाधीशकी श्रीमतीलाई घरभित्र पसाउने मुद्दालाई लिएर । हरेक पटक जब उनी कसैको विरूद्ध आउँछिन् केही समयको अन्तरालमै उनी जसकोविरूद्ध लागेको उसकै समर्थनमा लागिसक्छिन् । पछिल्लो पटक न्यायाधीशविरूद्ध लागेकी उनी पछि फेरि न्यायाधीशकै समर्थनमा आइन् । यो लगत्तै उनी रवि लामिछानेविरूद्ध पनि लागिन् । रविकी पूर्वपत्नी इशाको समर्थनमा लागेकी उनी अहिले इशा नै गलत हुन् भन्न थालेकी छिन्  । 


इशा लामिछानेको अभिव्यक्ति देखेर रविको विरोधमा लागेकी उनी इशाको पनि प्रेमी रहेको तथ्यबाहिर आएपछि सेलाइन् । उनी अहिले इशा गलत भएको निष्कर्षमा आइपुगेकी छिन् । इशले डिभोर्स अघि नै आफूमाथि हिंसा भयो भनेको भए आफूलाई पनि सहज स्थिति हुने उनले बताइन् । तर, इशा आफैं पनि अन्य परपुरुषसँग सम्बन्धमा रहेको हुँदा अहिले रवि र इशाको हिसाब बराबर भएको उनको तर्क छ । 

 

मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाल पनि बेलाबखतमा मनोज गजुरेललाई गाली गलौज गर्दै मिडियामा पोखिने गर्छिन् । मिना ढकालसँगपनि राम्रो सम्बन्ध भएकी सुवेदीलाई यसबारेमा प्रश्न गर्दा उनले भनिन्, ‘उहाँलाई म अहिलेसम्म पनि डिप्रेसनमै देख्छु । आफ्नो आक्रोश पोख्न उहाँ मिडियामा आउनुहुन्छ, गीत गाउनुहुन्छ, डान्स गर्नुहुन्छ ।’

 

हालै उनी कञ्चनपुर पुगेर आइन् । बम दिदी बहिनीसँगै चार दिन बसेकी उनी अहिले बम दिदी बहिनीहरूले न्याय पाउनुपर्छ भन्ने पक्षमा उभिएकी छन् । निर्मला पन्तको आन्दोलन कञ्चनपुरमा अझै जारी भइरहेको उनले अवगत गराइन् । कञ्चनपुरका स्थानीयहरू बम दिदीबहिनीलाई कारवाही गर्नुपर्छ भन्ने पक्षमा नरहेको तर केही महिला अधिकारकर्माीहरु भने बम दिदीबहिनीको विरोधमा लागेको उनी बताउँछिन् । 

 

बम दिदीबहिनी निर्दोष रहेको र बाहिर फैलिएको अफवाहले उनीहरूको चरित्र हत्या भएको भन्दै उनले भनिन्, ‘बम दिदीबहिनीसँग चार दिनसँगै बसें । त्यतिबेलासम्म उनीहरुको ब्वोयफ्रेण्ड भएको जस्तो मलाई लागेन ।’ 

बलात्कारीलाई फाँसी नै दिनुपर्छ भन्ने मान्यता राखेकी सुवेदी भन्छिन्, ‘हाम्रो समाजमा चेतनाको कमी छ । यहाँ सरकारले न्यूनीकरणको लागि कार्यक्रम ल्याउनुपनर्छ । यो पनि छैन भने फाँसी नै समस्याको सामाधान हो । जबसम्म चेतानाको विकास हुँदैन तबसम्म हत्या हिंंसा बलात्कार भइरहन्छ ।’ 

 

अहिलेको सन्दर्भमा अब पुरूषले महिलालाई यौन प्रस्ताव राख्नु सामान्य भइसकेकोे उनले बताइन् । प्रस्ताव राख्नु अधिकारको कुरा भएको र प्रस्ताव नकारेपछि जबरजस्ती गर्नु भनेको हिंसा हुने उनको बुझाइ छ । उनले थपिन्, ‘बाटोमा बाख्रा या घोडाले सेक्स गर्छु भनेर प्रस्ताव त पक्कै राख्दैनन् । पुरुषले महिलालाई प्रस्ताव राख्न पाइन्छ । तर कसैकोे अनुमतिबिना पनि जबरजस्ती भयो भने हिंसा हो ।’ 

 

बेलाबेलामा चर्चामा आउँदा सुवेदीबारे समाजिक सञ्जामा धेरै नकारात्मक टिप्पणी पनि आउँछन् । तर यी सबै गालीलाई ताली नै देख्ने उनी बताउँछिन् । जो जस्तो छ उसले त्यस्तै प्रतिक्रिया दिने भन्दै उनले भनिन्, ‘यसले मलाई अझै धेरैै काम गर्नुपर्ने हौसला दिन्छ । जसको चेतनास्तरले जे भ्याउँछ त्यही आउँछ । सबै कमेन्टलाई सम्मान गर्छु ।’

सावित्री सुवेदी निर्मला पन्त बम दिदीबहिनी

विशेष