मनोरञ्जन

जब अमिताभले एक साता मुख धोएनन्...

जब अमिताभले एक साता मुख धोएनन्...

मुम्बइ । भारतीय सिनेमाका 'बीग बी' अर्थात् अमिताभ बच्चनको जीवनशैली र व्यक्तित्व सबैका लागि प्रेरणादायी र लोभलाग्दो छ । अमिताभलाई मिहनेती र सदाचार अभिनेताका रूपमा लिइन्छ । उनको अभिनय क्षमतालाई लिइर खुबै तारिफ हुने गर्दछ उनी अझै पनि कला क्षेत्रमै रमिरहेका पनि छन् ।

 

तर यस्ता अभिनेताले एक सातासम्मम मुख धोएनन् भन्ने सुन्दा तपाईंलाई कस्तो लाग्छ, पक्कै पनि अचम्म लाग्छ होला। अभिताभले चलचित्र खेल्दा एक सातासम्म मुख नधोएको समाचार बाहिरिएको छ । बलिउडमा ६० वर्ष मेकअप आर्टिस्टको रूपमा काम गरेका पंढरी जुकरले उक्त खुलासा गरेका हुन् । 

 

उनले बिबिसी हिन्दीलाई दिएको बयानअनुसार गोवामा अभिताभको पहिलो फिल्मको सुटिङ चलिरहेको थियो । जुकर सो फिल्मका मेकअप आर्टिस्ट  थिए । उनले अभिताभलाइ दाह्री लगाइदिएका थिए । तर, अचानक जुकरलाइ मुम्बइ जान पर्‍यो । उनले अभिताभलाई 'अब तिमी के गर्छौं ? म त मुम्बइ जानुपर्ने भयो' भने । अमिताभले दाह्रीसहितको मेकअपलाई सम्हालेर राख्ने बताए । सो समयमा अमिताभले मेकअपलाइ जोगाउन ७ दिनसम्म टाउकोमा पानी पारेनन् । 

 

सो बेला अमिताभले मुख नै नधोइ ७ दिनसम्म एउटै गेटअपमा अभिनय गरेको पंढरीले बताए । उनी मुम्बइबाट ७ दिनपछि फर्कँदा पनि अमिताभको अनुहारमा गरिदिएको मेकअप जस्ताको तस्तै थियो ।

अमिताभ बच्चन

विशेष