मलेसियामा म्यानमारका नागरिकको छुरा प्रहारबाट एक नेपालीको मृत्यु, एक घाइते

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक नेपालीको म्यानमारका कामदारको छुरा प्रहारबाट ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन् ।
एउटै कम्पनीमा कार्यरत ललितपुरका इन्द्र तामाङको शनिबार राति नेपाली र म्यानमारका कामदारबीच विवाद हुँदा ज्यान गएको हो । झगडा भएपछि छुट्याउन खोज्दा म्यानमारका नागरिकको छुरा प्रहारबाट तामाङको ज्यान गएको हो ।
छुरा लागेर झापाका लालबहादुर लिम्बू घाइते भएका छन्। उनलाई राति नै अस्पताल भर्ना गरिएको छ । छुरा प्रहार गर्ने म्यानमार नागरिक भने फरार छन् ।
नेपाली कामदार मलेसिया