मनोरञ्जन

रवी र निकताले गरे कोटम्यारिज

रवी र निकताले गरे कोटम्यारिज

काठमाडौं । चर्चित प्रस्तोता रवी लामीछान र चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले कानुनी विवाह गरेका छन् । उनीहरूले सोमबार काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह गरेका हुन् । 

 

रवीले निकिता र आफ्नो तस्बिर सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै उक्त कुराको जानकारी दिएका हुन् । दुवै पक्षका परिवारसँगको छलफलपछि उक्त निर्णय गरिएको बताउँदै उनले आफ्नो व्यक्तिगत जीवनले नयाँ मोड लिएको समेत उल्लेख गरेका छन् । यति छिटै विवाह गर्ने मनसाय नभए पनि पछिल्लो समय मिडिया तथा अन्य ठाउँबाट आफूहरूको सम्बन्धका बारेमा चियोचर्चो र खोजबिनले आफूहरूलाई एकअर्काको आवश्यकता महसुस भएको उनले बताएका छन्।

 

उनले परम्परागत रुपमा आउँदो बैशाखमा विवाह गर्नेसमेत बताएका छन् । उनले आफ्नो निर्णयबाट आफूहरू एकदमै खुसी रहेको बताउँदै आफूहरूलाई सुभचिन्तकको आशिर्वाद मात्रै चाहिएको उल्लेख गरेका छन् । 'यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौँ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुवैजना यो निर्णयबाट एकदमै खुशी छौँ र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनका लागि शुभकामना मात्र चाहन्छौँ' उनले आफ्नो फेसबुक वालमा लेखेका छन्।

निकिता पौडेल रवी लामिछाने

विशेष