१३ लाख ५३ हजारको ज्यान लिने भियतनाम युद्ध
सन् १९६८ जनवरी २१ मा भियतनाम युद्ध अन्तर्गतको ‘ब्याटल अफ खे सँ’ सुरु भएको थियो । भियतना युद्धपछि त्यो राष्ट्रको पुनःएकीकरण त भयो, तर करिब १३ लाख ५३ हजारले ज्यान गुमाए । भियतनाममा रहेका कम्युनिष्टहरुविरुद्ध अमेरिकाले आक्रमण गरेको थियो ।
अमेरिकाको खेमामा थाइल्याण्ड, कोरिया, फिलिपिन्स र अष्ट्रेलिया थिए भने अर्को कम्युनिष्ट खेमामा रुस, चीन र कम्युनष्टिहरु थिए ।
अमेरिकी पक्षका अढाई लाख र रुस पक्षका साढे चार लाखले यो युद्धमा ज्यान गुमाए । ६ लाख भन्दा बढी नागरिक मारिए । यो युद्धपछि भियतनाम, कम्बोडिया र लाओसमा कम्युनिष्ट सरकार स्थापित भयो ।