स्वास्थ्य

अब औषधि बेच्दा विवरण अनलाइनमा अपडेट गर्नुपर्ने

अब औषधि बेच्दा विवरण अनलाइनमा अपडेट गर्नुपर्ने

काठमाडौं । सरकारले औषधिको बिक्री–वितरणलाई व्यवस्थित गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि औषधिको बिक्री–वितरण गर्दा चिकित्सकको नाम, प्रेस्क्रिप्सनअनुसारको औषधि र काउन्सिल नम्बर अनलाइनमा अनिवार्य अपडेट गर्नुपर्नेछ ।

 

पहिलो चरणमा औषधि व्यवस्था विभागले कम्तीमा २० प्रकारका औषधिको सूची सार्वजनिक गर्नेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले आगामी साउनदेखि लागू हुने गरी अनलाइन रिपोर्टिङको व्यवस्था मिलाउन औषधि व्यवस्था विभागलाई निर्देशन दिएका हुन् । रिपोर्ट उपलब्ध नगराउने फार्मेसीको नवीकरण रोक्न पनि उनले निर्देशन दिएका छन् ।


एन्टिबायोटिकबाट सुरु 

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले विभागले एन्टिबायोटिकबाट अनलाइनमा विवरण अपडेट सुरु गर्ने बताए । ‘राम्रो कामको सुरुवात हुँदै छ, तर यो काम अत्यन्त जटिल पनि छ,’ ढकालले भने, ‘तत्काल गृहकार्य गरी एन्टिबायोटिकबाट अनलाइन सिस्टम सुरु गर्नेछौँ ।’ 

 

अहिले फार्मेसीले कति औषधि बिक्री गरिरहेको छ, कुन औषधि बढी प्रयोग भएको भन्ने जानकारी कसैसँग पनि छैन । तर, अनलाइन अपडेट भएपछि जानकारी लिन सजिलो हुने उनले बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

औषधि

विशेष