मनोरञ्जन

पत्रकार किशोर श्रेष्ठ बाँदरसँग रमाउँदै

पत्रकार किशोर श्रेष्ठ बाँदरसँग रमाउँदै

काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष तथा जनआस्था साप्ताहिका सम्पादक किशोर श्रेष्ठले कामको व्यस्तालाई थाँती राखेर केही समय बाँदरसँग रमाउन पुगेका छन्।

 

सामाजिक सञ्जाल फेसबुकमा निकै सक्रिय श्रेष्ठले बाँदरसँग रमाइरहेको दुईवटा तस्बिरसमेत आफ्नो आधिकारिक फेसबुक पेजमा शेयर गरेका छन्। ढु‌ंगामाथि बसेका श्रेष्ठसँग बाँदरहरू पनि रमाइरहेका देख्न सकिन्छ। दुई फोटामध्ये पहिलोमा एउटा बाँदर काख र काँधमा खेलिरहेको देख्न सकिन्छ भने वरिपरी केही बाँदरले उनलाई हेरेर बसिरहेको देख्न सकिन्छ। घना रूखमुनि बसेका उनको पृष्ठभूमिमा पानीको बाफ उडिरहेको र केही पर गुलाफी रंगका फूलहरूको मनोरम दृष्य पनि देख्न सकिन्छ। यद्यपि जाडो मौसममा शेयर गरिएको फोटोमा छोटा बाउला भएको सर्ट लगाएको देखिन्छन्।

त्यस्तै अर्को फोटो पनि उही स्थानमै छ। तर यो तस्बीर  भने बाँदरको केही अच्चमको क्रियाकलाप देखिन्छन्। उक्त तस्बिरमा श्रेष्ठ सान्तरूपमा बसिरहेका छन् भने बाँदर उनको शिरमा बसेर गालमा कोपारिरहेको जस्तो देखिन्छ। साथै उनको दाहिने देब्रे पट्टीबाट दुई बाँदरहरूले उनलाई नियाली रहेका छन्। पोस्ट गरेको फोटोमा उनले रमाइलो क्याप्सनसमेत लेखेका छन्, 'पहिलो आक्रमण आँखामा, चश्माको मर्म यिनलाई के थाहा?' सायद उनले लगाएको चस्मामा बाँदरले आक्रमण गरेको हुनुपर्छ ।

 

उनको उक्त पोस्टमा १० जनाले कमेन्ट गरेका छन् भने १०० भन्दा बढीले रियाक्ट गरेका छन्। कमेन्टमा कमलप्रसाद कोइरालाले नयाँ मित्रहरू हुन् भनेर प्रश्न गरेका छन्। त्यस्तै लवदेव ढुंगानाले उनको क्याप्सनलाई काउन्टर दिँदै आक्रमण होइन फोटोका लागि यत्रो कष्ट गरेको टिप्पणी गरेका छन् भने तारा चापागाईं दुवेले डर लागेन भनेर सोधेका छन्।

किशोर श्रेष्ठ प्रेस काउन्सिल नेपाल

विशेष