Technology

चीनको सिनजियाङमा मुस्लिम समुदायमाथि चरम यातना, टरसुनले गुमाइन् एक वर्षीय छोरा

चीनको सिनजियाङमा मुस्लिम समुदायमाथि चरम यातना, टरसुनले गुमाइन् एक वर्षीय छोरा

पछिल्ला केही दिनखेखि देशको पश्चिमी क्षेत्रमा सिनजियाङमा रहेका अल्पसंख्यक मुसलमानप्रति रवैया देखाएका कारण चीनको चर्को आलोचना भइरहेको छ । चीनले यो राज्यमा ठूलो संख्यामा मुसलमानलाई क्याम्पमा कैद गरेर राखेको आरोप आलोचकहरुले लगाएका छन् ।

 

एउटा संयुक्त राष्ट्रसंघीय कमिटीले सिनजियाङमा करिब ८ लाख मुसलमानलाई हिरासतमा राखी उनीहरुलाई ‘दोस्रो पटक शिक्षा’ दिइरहेको जानकारी दिएको थियो । सिनजियाङमा मुसलमानलाई बन्दी बनाइएको धेरै प्रमाणहरु सार्वजनिक भएका छन् । चीनलले सो क्षेत्रमा धेरै मुस्लिम अल्पसंख्यकहरूलाई असुरक्षित पारेको छ । सिनजियाङको वरिपरि चिनियाँ सरकारको व्यापक निगरानीले सो क्षेत्रलाई 'वायुको जेल’ भनी वर्णन गरेको छ ।

 

वीगर समुदायको सिनजियाङसँग लामो समय इतिहास छ । जुन चीनमा १.४ अर्ब जनसंख्या भएको राष्ट्रको लगभग २२ मिलियन जनसंख्याको बस्ती भएको क्षेत्र हो,  सिनजियाङ । सिनजियाङमा कुल जनसंख्याको आधा भाग मुस्लिम भए पनि उनीहरुको कुरा चल्दैन । त्यहाँ तिनीहरुलाई  दमन गरेर राखेको छ । एक रिर्पोटका अनुसार मुस्लिम समुदायको लागि अहिले पनि चीनको सिनजियाङमा दास प्रथा रहेको पुष्टि गरेको छ । तर चीनले आफूहरु सो क्षेत्रमा आप्रवासीवाद कार्यक्रमको रूपमा स्वैच्छिक व्यावसायिक प्रशिक्षण सञ्चालन गरिँदै आइरहेको जनाएको छ ।

 

आमा बुवालाई भेटन आएकी टरसुनको पीडा

मिह्रगुल टरसुन उर्मिकले जब आफ्नो आमा बुवालाई भेट्न चीनको  सिनजियाङ पुगिन् तब उनलाई थाहा थिएन तीन वर्ष उनका लागि कति पीडादायक हुनेछ भन्ने । हो, टरसुन आमा बुवालाई भेटेर चीनबाट जब फर्किन थालिन् उनलाई एयरपोर्टमा मुसलिम भएकै कारण सोधपुछ गर्न थालियो । टरसुनलाई विभिन्न किसिमका मानसिक यातना दिँदै प्रशासनका अधिकारले सिनजियाङगमा बासोवास गर्ने व्यक्तिहरुलाई कसरी चिन्छस भनेर धेरै प्रश्नहरु तेर्सेयाए । जब टरसुनले चिनिया अधिकारीहरुको जवाफ दिन सकिनन्, अनि उनलाई हिरासतमा लियो ।

 

उनीसँग रहेका तीनवटा बच्चालाई अलग गरेर टरसुनलाई तीन महिनासम्म हिरासतमा राखियो । टरसुनल तीन महिनापछि नजरबन्दबाट बाहिर आउँदा डाक्टरले उनलाई भने 'तपाईंको बच्चा मोहनेद अस्पतालमा छ ।' अस्पताल जाँदा उनको बच्चाको मृत्यु भइसकेको थियो । टरसुनले त्यसपछि आफ्नो दुईवटा बच्चा लिएर मृत्यु भएको बच्च मोहनेदको यादमा आफ्नो जीवन बताइरहेकी छन् ।

 

सिनजियाङग क्षेत्रमा बसोबास गर्ने मुस्लिम समुदायसँग चिनिया सरकारले यस्तै किसिमको अभद्र व्यवहार गर्दै आइरहेको छ । टरसुन भन्छिन्, 'म आफ्नो बच्चा मोर्स र एलिनालाई मृत्यु भएका छोरा मोहनेदको बारेमा भन्छु कि चीनको सरकारले उसको भाइलाई कसरी हत्या गरियो ।' टरसुनका अनुसार सिनजियाङ क्षेत्रमा बासोवास गर्ने बहुसंख्यक मुस्लिम र बेइजिङको झगडामा आफ्नो बच्चा सिकार भएका छन् । सिएनएनको रिपोर्टअनुसार सियांजी क्षेत्रका आठ लाख मुस्लिम जनतालाई चिनिया सरकारले हिरासतमा राखेर चिनियाँ गतिविधिबारे शिक्षा दिइरहेको छ ।

 

को हुन वीगर ?

चीनको पश्चिमी प्रान्त सिनजियाङमा रहेका एक करोडभन्दा धेरै वीगर समुदायका मानिस मुसलमान छन् । सांस्कृतिक रुपमा मध्य एसिया देशका निटक मान्ने उनीहरूको भाषा पनि टर्कीसँग मिल्दोजुल्दो छ ।

 

केही वर्षयता ठूलो संख्यामा चीनका बहुसंख्यक नस्लीय समूह ‘हान’ सिनजियाङमा बस जानु एक संवेदनशील मुद्दा बनेको छ । अर्को समूह हावी भएपछि वीगर समुदायका मानिसको सिनजियाङबाट रोजगारी र संस्कृति खतरामा पर्न थालेको हो । 

 

कहाँ छ सिनजियाङ ?

सिनजियाङ चीनको पश्चिम क्षेत्रको सबैभन्दा ठूलो प्रान्त हो । यसको सिमाना भारत, अफगानिस्तान र मंगोलियालगायतका केही देशसँग जोडिएको छ । यसलाई पनि तिब्बतलाई जस्तै स्वायत्त क्षेत्र भनेर पनि चिनिन्छ । तर यहाँको सरकारको साँचो बेइजिङको हातमा रहेको छ ।

 

वर्षौँदेखि यो प्रान्तको अर्थव्यवस्था खेती र व्यापारमा केन्द्रित रहँदै आएको छ । २० औं शताब्दीको सुरुवातमा वीगर समुदायले केही समयका लागि मात्रै भए पनि सिनजियाङ प्रान्तलाई स्वतन्त्र घोषणा गरेका थिए । पछि १९४९ को कम्युनिष्ट क्रान्तिपछि यो प्रान्त चीनको एक भाग बनेको हो ।

 

अहिले सिनजियाङमा के भइरहेको छ ?

२०१८ को अगस्ट महिनामा संयुक्त राष्ट्रसंघको एक मानवअधिकार समितिले बताएको थियो की ‘वीगर स्वायत्त क्षेत्र नजरबन्दमा’ परेको छ । त्यसबेला यहाँ १० लाख मानिस हिरासतको जीवन बिताइरहेको बताइएको थियो ।

 

मानवअधिकार संगठनका अनुसार एकातर्फ बन्दी क्याम्पका राखिएका मानिसलाई चिनियाँ भाषा सिकाउने गरिन्छ । उनीहरुलाई चिनियाँ राष्ट्रपति सी जिनपिङप्रति वफादार रहेको कसम पनि खान लगाइन्छ । र उनीहरुको आफ्नो धर्म र संस्कृतिको आलोचना पनि गर्न लगाइन्छ ।

 

वीगर समुदायले कडा निगरानीको सामना पनि गर्नु परेको छ । उनीहरुको घरको ढोकामा क्यूआर कोड्स लगाइएको छ र अनुहारलाई चिन्नका लागि क्यामरा पनि फिट गरिएको छ । अधिकारीले आफूले चाहेको बेलामा घरभित्र को छ भनेर थाहा पाउन सक्छन् ।

चीन वीगर समुदाय सिनजियाङ

विशेष