मनोरञ्जन

वर्षाको बाजा बजाउने संजोग अलि बेमौसमी पर्‍यो कि के हो ?

वर्षाको बाजा बजाउने संजोग अलि बेमौसमी पर्‍यो कि के हो ?

काठमाडौं । खुशी हुने की दुःखी हुने दोधारमा छिन् यतिबेला वर्षा राउत । अभिनेता सञ्जोग कोइरालासाग पाँच वर्ष लामो सम्बन्धलाई आउँदो फागुन २ मा उनले स्थायी बनाउँदै छिन् । विवाहले खुशी दिने भइ नै हाल्यो । तर, वर्षा दुःखी पनि छिन् । कारण यहि समयमा उनले विवाहलाई भन्दा बढी फिल्मलाई समय दिनु परिरहेको छ ।

 

विवाहको घोषणालगत्तै वर्षा दिल्लीमा सपिङका लागि गएकी थिइन् । तर यसअघि उनले पूरा समय 'चौका दाउ'को प्रमोशनमा खर्चिएकी थिइन् । यो फिल्मको प्रमोशन सक्न पाएको छैन 'गोपी' टिमले देश दौडाहामा कदाएको छ । विवाहको तयारी गर्ने समयमा उनी फेरि फिल्मकै पछि लाग्न बाध्य छिन् । गोपी रिलिज भएको १५ दिनपछि उनको विवाह हुँदैछ । तर उनले यसपछि पनि धर पाउने छैनन् । यही सयममा सुटिङ रोकिएको 'जात्रैजात्रा'ले पनि सुटिङ सुरु गर्ने जनाउ वर्षाले पाइसकेकी छन् ।

 

यसको मतलब नयाँ दुलहीले घर सम्हाल्नुको साटो सुटिङ सम्हाल्नुपर्नेछ । यस्तो हर्कको बिहेको स्वाद लिनुको सट्टा खालि फिल्मको पछि लाग्नुपरेपछि वर्षाको बिजोग त हुने नै भयो । वर्षाको बाजा बजाउने संजोग अलि बेमौसमी पर्‍यो कि केहो ? सम्पूर्णबाट ।

वर्षा राउत गोपी जात्रैजात्रा

विशेष