बच्चालाई गाईको दूध कहिले खुवाउने ?
दूध खानु पाइदाजनक मानिन्छ । सामान्यतया नेपालमा गाई, भैँसी, चौरी गाई, बाख्राको दूध खाने गरिन्छ। दूधमा प्रचुर मात्रामा क्याल्सिम लगायतका तत्त्व हुनेहुँदा स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।
बालबालिकालाई पनि दूध खुवाउनु राम्रो मानिन्छ । बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि दूध गुणकारी मानिन्छ । नवजात शिशुका लागि आमाको दूध अमृतसमान हुन्छ । यसमा बच्चालाई चाहिने आवश्यक पोषक तत्व हुन्छन् ।
कामकाजी अथवा दूध कम भएका महिलाले लामो समयसम्म आफ्ना बच्चालाई दूध खुवाउँदैनन् । कतिपयले जन्मेको केही समपछि नै बच्चालाई गाईको दूध खुवाउन थाल्छन् । यसो गर्नु बच्चाको लागि हानिकारक हुन्छ ।
एक वर्षभन्दा कम उमेरका बच्चालाई गाईको दूध खुवाउनु हानिकारक हुन्छ । यसले बच्चाको पाचनप्रक्रियामा असर पुर्याउँछ । पाचनतन्त्रमा एलर्जीको समस्या देखिन सक्छ । गाईको दूधमा हुने प्रोटनलाई बच्चाले सजिलै पचाउन सकदैन ।
एक वर्षभन्दा कम उमरमै बालबालिकालाई गाईको दूध दिएमा तिनमा एनिमियाको समस्या देखिन सकिने बालचिकित्सक बताउँछन् । त्यस दूधले नवजात शिशुको कमजोर मिर्गौलामा पनि असर पुर्याउन सक्छ ।
गाईको दूध