नेपाल भर्सेस यूएईः पहिलो एक दिवसीय खेल आज, शृंखला कब्जा गर्ने नेपालको लक्ष्य
काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को क्रिकेट टोलीबीच हुने तीन अन्तर्राष्ट्रिय एक दिवसीय र तीन टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको पहिलो खेल नेपालले आज (शुक्रबार) खेल्दै छ। संयुक्त अरब इमिरेट्सको दुबई शहरमा हुने खेलमा नेपालले आफ्नो पहिलो एवं उद्घाटन खेलमा युएईसँग जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छ। नेपालले एउटै देशसँग एक दिवसीय र टी २० अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको यो पहिलो पटक हो।
गत मार्चमा जिम्बावेमा भएको एक दिवसीय विश्वकप छनोटमा एशोसिएटतर्फ उत्कृष्ट तीनमा पर्दै नेपालले पहिलोपटक चार वर्षका लागि एक दिवसीय मान्यता पाएको थियो। उक्त मान्यता पाएपछि नेपालले यो दोस्रो पटक एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। यसअछि नेपालले गत अगष्टमा नेदरल्याण्डसँग उसैको मैदानमा पहिलो एक दिवसीय सिरिज खेलेको थियो, जुन सिरिज एकएकको बराबरीमा सकिएको थियो।
नेपाली टोलीका कप्तान पारस खड्काले एक दिवसीय सिरिज खेल्न नेपाली टोली उत्साहित रहेको भन्दै जित निकाल्न प्रयास गर्ने बताए। नेपालले यही माघ ११, १२ र १४ गते एक दिवसीय सिरिज खेल्नेछ भने माघ १७, १८ र २० मा टी–२० सिरिज खेल्नेछ। उक्त खेलका लागि पारस खड्काको कप्तानीमा १६ सदस्यीय टोली रहेको छ।
नेपाल र यूएईबीचको इतिहास कस्तो ?
नेपाल र युएईबीच अहिलेसम्म एउटा मात्र ओडिआई खेल भएको छ। बाँकी सबै लिस्ट ए का खेलहरू हुन्। अहिलेसम्म नेपाल र युएईबीच १५ खेल भएका छन्। जसमा युएईले ११ खेल जित्दा नेपालले ३ खेल मात्र जितेको थियो भने एक खेल बराबरी भएको थियो।
सन् १९९८ एसीसी ट्रफी– ९४ रनले पराजित
सन् २००० एसीसी ट्रफी– ८ विकेटले पराजित
सन् २००२ एसीसी ट्रफी– ६ विकेटले पराजित
सन् २००२ एसीसी ट्रफी (फाइनल)– ६ विकेटले पराजित
सन् २००६ एसीसी ट्रफी एलिट– ९ विकेटले पराजित
सन् २००८ एसीसी ट्रफी– ६ विकेटले पराजित
सन् २०१२ एसीसी ट्रफी एलिट– ४ विकेटले विजयी
सन् २०१२ एसीसी ट्रफी एलिट (फाइनल)– बराबर
सन् २०१४ एसीसी प्रिमियर लिग– ४ विकेटले विजयी
सन् २०१४ आइसीसी विश्वकप छनोट– १०२ रनले पराजित
सन् २०१७ आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप– ७ विकेटले पराजित
सन् २०१७ आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप– ६३ रनले पराजित
सन् २०१८ आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ ४ विकेटले विजयी
सन् २०१८ आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ (फाइनल) ७ रनले पराजित
सन् २०१८ एसिया कप छनोट– ७८ रनले पराजित
नतिजाः ३ विजयी, १ बराबर ११ हार
को–को छन् नेपाली टोलीमा ?
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), अविनाश बोहरा, बसन्त रेग्मी, भिम सार्की, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी र सन्दीप जोरा
वैकल्पिक खेलाडीः
सुशन भारी
ललित भण्डारी
बिक्रम सोब
यूएईको टोलीः
मोहमद नाभिद (कप्तान), मोहमद उस्मान (उपकप्तान), अश्फाग अहमेद, चिराग सुरी, शाइमन अनवार, मोहमद बोटा, घुलाम शब्बर,इमरान हैदर, ताहिर मुघाल, अमीर हायत, जाहोर खान, क्वाडेर अहमेद, फहाद नवाज, अब्दुल शाकुर, सुल्तान अहमेद र सिपी रिजवान
नेपाल भर्सेस यूएई