स्वास्थ्य

मौसमी रुघाखोकीः ‘हात नमिलाऔं, नमस्कार गरौं’

मौसमी रुघाखोकीः ‘हात नमिलाऔं, नमस्कार गरौं’

काठमाडौं । चिसो बढेसँगै मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएञ्जा) का बिरामीको संख्या बढेको छ । चिकित्सकका अनुसार मौसमी रुघाखोकी नयाँ रोग नभई श्वासप्रश्वास प्रणालीमा भाइरसद्वारा लाग्ने एक किसिमको सङ्क्रमण हो । जाडो मौसम तथा मौसम परिवर्तन हुने बेलामा रुघाखोकीसहित ज्वरोको सङ्क्रमण बढ्छ ।

 

विभिन्न अस्पताल तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउने बिरामी बढेको ती निकायले जानकारी दिएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीरअस्पतालका डा। सरोज अधिकारीका अनुसार अस्पतालमा दैनिक ५०-६० बिरामी मौसमी रुघाखोकीका हुन्छन् । 

 

उनले भने, “गएको वर्षको तुलनामा यसपटक रुघाखोकीका बिरामी धेरै देखियो । यसको कारण चिसो, बढ्दो धुलो धुवाँको असर हुनसक्छ ।” राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा इन्फ्लुएञ्जा रोग पहिचान गर्न निःशुल्क परीक्षण हुने गरेको छ । प्रयोगशालाले गएको मङ्सिर र पुस महीनामा ३३४ बिरामीको घाँटीको र्‍यालको नमूना परीक्षण भएकामा १४६ मा सिजनल इन्फ्लुएञ्जा ए एचवान एनवान पिडिएम नाइन देखिएको जनाएको छ । तर कडा खालको इन्फ्लुएञ्जाले मृत्यु हुनसक्ने जोखिम रहन्छ । 

 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार इन्फ्लुएञ्जा एक व्यक्तिबाट अर्को व्यक्तिमा खोक्दा, हाच्छिउ गर्दा सर्न सक्छ । प्रायः रुघाखोकीका रुपमा इन्फ्लुएञ्जा देखा पर्दछ । रुघाखोकी सामान्यत आफैँ पनि निको हन्छन् । तर विशेष गरी गर्भवती, पाँच वर्षमुनिका बालबालिका, ६५ वर्षभन्दा माथिका नागरिकका तथा रोग प्रतिरोध क्षमता कम हुने व्यक्ति र दीर्घ रोग (मधुमेह, उच्च रक्तचाप, मिर्गौला, दम र अन्य श्वासप्रश्वासलगायत) प्रभावितमा यसको जोखिम बढी हुन्छ । मृत्यु हुने सम्भावना पनि अन्यभन्दा बढी हुन्छ । 

 

ज्वरो आउनु, खोकी लाग्नु तथा घाँटी दुख्नु इन्फ्लुएञ्जा सामान्य लक्षण हुन् । चिकित्सकका अनुसार बालबालिकामा वाकवाकी लाग्नेरबान्ता हुने, पेट मडारिने, झाडापखाला हुने, हाच्छिउ आउने, नाकबाट पानी बहने वा नाक बन्द हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, हाडजोर्नी दुख्ने तथा आलस्य हुने लक्षण देखा पर्दछन् । 

 

हात नमिलाऔँ, नमस्कार गरौँ 
डा. अधिकारीले इन्फ्लुएञ्जाको सङ्क्रमणबाट जोगिन खोक्दा, हाच्छिउ गर्दा नाक, मुख छोप्ने (सफा रुमाल, कपडा पाखुराले), साबुन पानीले पटकपटक हात धुने र सकेसम्म हात नमिलाउने नमस्कार गनुपर्दछ । रुघाखोकी सङ्क्रमित भएकासित दूरी कायम गर्ने (कम्तीमा एक मिटर-दुई हात टाढा रहने) सुझाव दिनुहुन्छ । 

 

रोगीलाई बेग्लै वा खुला झ्याल भएको कोठामा राख्ने (सम्भव भएसम्म रोगीलाई अन्य व्यक्तिभन्दा अलग्गै राख्ने), आँखा, नाक तथा मुखमा अनावश्यकरुपमा हात नलैजाने, जथाभावी नथुक्नेरसिँगान नफाल्ने, रुघाखोकी लागेका व्यक्ति कम्तीमा पाँच दिन दिनसम्म घरमै आराम गरेर बस्ने, सङ्क्रमित व्यक्तिलाई पौष्टिक खाना र प्रशस्तमात्रामा झोलिलो खानेकुरा खुवाउनुपर्छ ।  

मौसमी रुघाखोकी

विशेष