खेल

डिपिएलमा छक्का क्याच गर्नेले दश हजार पाउने

डिपिएलमा छक्का क्याच गर्नेले दश हजार पाउने

कैलाली । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपिएलमा) क्रिकेट प्रतियोगितामा छक्का क्याच गर्ने दर्शकलाई दशहजार प्रदान गरिने भएको छ। अजोड इन्सुरेन्स लिमिटेडले उक्त रकम प्रदान गर्ने भएको हो। आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) र अजोडका बीच बिहीबार भएको सम्झौताअनुसार कम्पनी प्रतियोगिताको अफिसियल इन्सुरेन्स पार्टनर समेत बनेको छ।

 

सम्झौतामा डिसिएका अध्यक्ष सुवाश शाही र अजोडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका थिए। माघ २६ बाट सुरु हुने प्रतियोगितामाक धनगढी स्टास, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, रुपेन्देही च्यालेन्जर्स, विराटनगर किंग्स र काठमाडौं गोल्डन्स गरी ६ टोलीको सहभागिता रहेको छ।

 

प्रतियोगिताको ८० प्रतिशत तयारी सकिएको आयोजकले जनाएको छ। डिपिएललाई बुधबारमात्रै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल९आइसिसी०ले मान्यतादिएको थियो। प्रतियोगिता आउँन दुई साता बाँकी रहँदा पनि पुरस्कार राशी भने घोषणा गरिएको छैन। गत वर्ष विजेताले २५ लाख, उपविजेताले १० रकम हात पारेका थिए। तेस्रो र चौंथो हुनेलाई पनि पुरस्कारको व्यवस्था गरिएको थियो। एस वर्षको पुरस्कार राशी एक साता पनि सार्वजनिक गरिने आयोजकले जनाएको छ। 

धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिता

विशेष