नियम नमान्ने जुनकुनै बैंकलाई कारबाही गर्छौ : कार्यवहाक गभर्नर सिवाकोटी
काडमाडौं । नेपाल राष्ट्र बैंकका कार्यवहाक गभर्नर चिन्तामणी सिवाकोटीले राष्ट्र बैंकले जारी गरेको नियम नमान्ने जुनकुनै बैंकलाई कारबाही गर्ने बताएका छन् ।
राजधानीमा बिहिबार संपन्न राष्ट्रिय बाणिज्य बैंकको ५४औं वार्षिक उत्सवका अबसरमा बोल्दै सिवाकोटीले यस्तो धारणा व्यक्त गरेका हुन् ।
गभर्नर सिवाकोटीले राष्ट्र बैंकद्धारा जारी भएको नीती नियम सबै बैंक तथा वितृय संस्थाहरुले मान्नुपर्ने र वृत्तिय अनुसासन र परिधिभित्र रहेर बैंकिङ् सेवा प्रवाह गर्नु पर्ने बताएका छन् ।
यसै अबसरमा उनले देशको अर्थतन्त्रमा बैदेशीक व्यापारको निरन्तर घाटाका कारण चुनौंती बढ्दै गएको बर्ताएका छन् । यसलाई रोक्न अत्यावश्यक वस्तुको आयात गर्दै अनावश्यक र विलासिताका वस्तुको आयात रोक्नु पर्ने बताए । त्यसै अनुरुप स्वदेशी उत्पादनलाई बढाउदै नियातलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय बाणिज्य बैंकले ५३औं वर्ष सफलताका साथ पुरा गर्दै ५४औं वर्षमा प्रवेश गरेकोमा शुभकामना व्यक्त गर्दै कार्यवहाक गभर्नर सिवाकोटीले बैंकलाई वृत्तिय अनुशासनमा रहेर बैंकिङ्ग कारोबार गर्न सुझाव दिएका छन् ।
वृस्तित जानकारीका लागि यो भिडिया हेर्नु होस्;
नेपाल राष्ट्र बैंक