खेल

युएईविरुद्ध नेपालको दोस्रो खेल आज 

युएईविरुद्ध नेपालको दोस्रो खेल आज 

काठमाडौं । नेपालले आज यूएईविरुद्ध दोस्रो एकदिवसीय खेल खेल्दैछ ।  पहिलो खेलमा शुक्रबार यूएईसँग तीन विकेटले पराजित भएको नेपाललाई एक दिवसीय श्रृङखला जित्ने आशा कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ ।

 

यदि शुक्रबार जस्तै शनिबारको खेलमा पनि पराजित भएमा नेपालले एक खेल अगावै सिरिज गुमाउने छ । सिरिजमा यूएई १–० ले अघि छ । तुलनात्मक रुपमा राम्रो बलिङ गरेको नेपाललाई ब्याटिङ भने सुधार्नु पर्नेछ । खेल नेपाली समय अनुसार ११ः १५ बजे नेपाल र यूएई आईसीसी ग्लोबल एकेडेमीको मैदानमा हुनेछ । 

 

नेपालले यूएईसँग १६ वटा एक दिवशीय खेल खेलेको छ । जसमा १२ खेल यूएईले जितेको छ भने तीन खेल नेपालको पक्षमा गएको छ । बाँकी एक खेल बराबरी भएको थियो ।

नेपाल भर्सेस युएई

विशेष