रोहित र शिखरले तोडे सेहवाग-सचिनकाे रेकर्ड

काठमाडौं । न्यूजिल्याण्डविरुद्धको दोस्रो एकदिवसीय खेलमा भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्मा र शिखर धवनले नयाँ रेकर्ड बनाएका छन् । आज रोहित र शिखरको जोडीले पहिलो विकेटका लागि १५४ रनको साझेदारी गरेको छ । यी दुवै खेलाडीबीचको यो १४औं शतकीय साझेदारी हो ।
रोहित र शिखरको यो शतकीय जोडीसँगै सचिन र सेहवागको रेकर्ड तोडिएको छ । सचिन सेहवागले १३ पटक शतकीय साझेदारी बनाएको थियो । आज रोहितले आफ्नो एकविदसीय करियरको ३८औं र शिखरले २७औं अर्धशतक प्रहार गरे । यो खेलमा शिखर ६६ र राहित ८७ रनमा आउट भए ।