कभर स्टोरी

ओली जानु भएको फोरमबाट भनियो, ‘चीनका राष्ट्रपति एक नम्बर दुश्मन हुन्’(भिडियोसहित)

ओली जानु भएको फोरमबाट भनियो, ‘चीनका राष्ट्रपति एक नम्बर दुश्मन हुन्’(भिडियोसहित)

काठमाडौं । अरुणकुमार सुवेदी नेपालआजका नियमित भिडियो स्तम्भकार हुनुहुन्छ । ‘कुरा खस्रा मीठा’ नामक स्तम्भमा सुवेदी विशेषगरी विदेशी मामिला, जल सरोकार, समसामयिक राजनीति र कुटनीतिक मामिलामा बोल्ने गर्नु हुन्छ । यसपटक सुवेदीले भेनेजुयलाको मामिला र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको विज्ञप्तिको सेरोफेरोमा रहेर विश्लेषण गर्नुु भएको छ । उहाँका प्रमुख धारणा निम्नानुसार रहेका छन्ः 

 

–    भेनेजुयलका राष्ट्रपति निकोलस मुडुरो समाजवादी राष्ट्रवादीका रुपमा अगाडि बढेका छन् । उनको यस्तो राष्ट्रवादले भेनेजुयला अथाह प्राकृतिक स्रोत भएर पनि संकटमा परेको हो । समाजवादीहरु एग्ररुपले राष्ट्रवादी भए भने स्थिति अझ डरलाग्दो हुन्छ । समाजावादी राष्ट्रवाद भनेको नाजिवाद हो । ह्युगो चाभेज र उनका उत्तराधिकार निकोलस मुडुरो दुवै हिटलर शैलीका हुन् । 

 

–    अमेरिका अहिले निकोलस मुडुरोको विरोधमा लागेको छ । अमेरिकाको रणनीतिक महत्वको मामिलामा अगाडि सर्छ । स्वार्थ पूरा हुने भयो भने मौन बस्छ । संसारका खराब तानाशाह मध्येकै एक हो साउदी अरेबियाको राजपरिवार । साउदी अरब अमेरिकाकै खेमामा छ । यसकारण अमेरिकालाई यसमा कुनै मतलव छैन । साउदीका जनताको मानवअधिकारमा पनि अमेरिकालाई टाउको दुखाइ छैन । तर इराक, लिबिया, अहिले भेनेजुयलाका जनताको मानवअधिकारको चिन्ताले अमेरिकालाई सताइरहेको छ । 

 

–    प्रचण्डले भेनेजुयलाको मामिलामा विज्ञप्ति जारी गर्नुको दुई वटा अर्थ छन् । पहिलो त भेनेजुयलाको हालका राष्ट्रपतिको पक्षमा चीन, रसियालगायत मुलुक छन् । विपक्षमा अमेरिका, ब्राजिल, इक्वेडर, कोलम्बियालगायत मुलुक छन् । नेपाल चीनसँगको सम्बन्धबाट निकै दूर गइसकेको अवस्था हो । हामी चीनसँग नजिक नै छौंं है भन्ने आसय दिन यस्तो विज्ञप्ति आएको हो । 

 

–    दोस्रो कारण भनेको भेनेजुयलाको सरकार कम्युनिष्ट सरकार हो । नेपालका प्रचण्डहरु पनि आफूलाई कम्युनिष्ट नै भन्छन् । अनि कम्युनिष्ट हुनुको नाताले विज्ञप्ति जारी गरेर आफूले भनिआएको र जानी आएको अमेरिकी साम्राज्यवादको विरोध गरिएको हो ।  यो पब्लिक कन्जम्प्सन पनि हो । मार्क्सवादी कर्मकाण्ड पूरा गरिएको हो । 

 

–      केपी ओली डेभोसको इकोनोमिक फोरममा पुगेर आउनु भयो । त्यो फोरम चीन घेर्नेहरुबाट आयोजित हो । ओलीले त्यो फोरममा बोलेको केही दिनमै जर्ज स्वरसले ओपन सोसाइटीका लागि सबैभन्दा ठूला दुश्मन सि जिनपिङ हुन् भने ।  जसबाट चीन सशंकित भइसकेको थियो । त्यही भ्रमणले बिग्रेको सम्बन्धमा मलम लगाउन प्रचण्डको विज्ञप्ति आएको हो ।
 

विशेष