मुख्य समाचार स्वास्थ्य

राष्ट्रियसभामा आज चिकित्सा शिक्षा विधेयक पेस हुँदै

राष्ट्रियसभामा आज  चिकित्सा शिक्षा विधेयक पेस हुँदै

काठमाडौं । प्रतिनिधिसभाबाट पास भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सोमबार राष्ट्रिय सभामा पेस हुँदैछ । राष्ट्रियभा सभा बैठक आज बिहान ११ बजे बस्दैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । यसअघि ११ माघमा प्रतिनिधिसभाले कांग्रेस सांसदको होहल्लाकाबीच चिकित्सा शिक्षा विधेयक पास गरेको थियो ।


अनशनरत डा. गोविन्द केसीसँग सरकारले विगतमा गरेका सहमति र सम्झौताका विषयहरु विधेयकमा नसमेटिएको र आफ्ना नेताहरुका नाममा खोलिएका अस्पतालहरु सरकारले विघटन गर्न खोजेको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ ।

चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा

विशेष