खेल मुख्य समाचार

नेपाल टस जितेर बलिङ गर्दै

नेपाल टस जितेर बलिङ गर्दै

काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपालले टस जितेर बलिङ रोजेको छ । दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा भइरहेको नेपाली टोली आज सिरिज जित्ने लक्ष्यका साथ मैदान उत्रिने छ ।

 

पहिलो खेल तीन विकेटले गुमाएको नेपालले दोस्रो खेलमा भने उत्कृष्ट कमब्याक गर्दै घरेलु टोली यूएईमाथि एक सय ४५ रनको फराकिलो जित हात पारेको थियो । युवा खेलाडीको उच्च प्रदर्शनका कारण लयमा देखिएको नेपाल तेस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै शृंखला हात पार्ने दाउमा छ । 

 

तीन खेलको एकदिवसीय शृंखला हाल १–१ को बराबरी अवस्थामा छ । त्यसैले नेपाल अन्तिम खेलमा दोस्रो खेलकै जस्तो उत्कृष्ट प्रदर्शन दोहोर्याउने योजनामा छ । पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपालले दोस्रो खेलमा ब्याटिङ र बलिङ दुवैमा सुधार गरेको थियो । दोस्रो खेल जित्दा नेपालका युवा खेलाडी रोहितकुमार पौडेलले विश्व कीर्तिमान पनि बनाए ।

 

रोहितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान रचेका हुन् । दोस्रो खेलमा सोमपाल कामी र सन्दीप लामिछानेले पनि उत्कृष्ट बलिङ गरेका थिए । एकदिवसीय शृंखला सकिएपछि नेपाली टोलीले यूएईसँग तीनवटा टीट्वेन्टी खेलको शृंखला खेल्ने छ ।

नेपाल भर्सेस यूएई

विशेष