मुख्य समाचार

परस्त्रीबाट आफ्नो खुट्टा मसाज गराउने आनन्द अरुणले झुठा मुद्दा थपे 

नेपाल आज फलाेअप

परस्त्रीबाट आफ्नो खुट्टा मसाज गराउने आनन्द अरुणले झुठा मुद्दा थपे 

काठमाडौं । एक नारीको हातबाट खुट्टा मसाज गराइरहेको तस्बीर सार्वजनिक गरेको आक्रोसमा ओशो सन्यासी स्वामी देव सुन्दरविरुद्ध ओशो तपोवनका संस्थापक अरुणकुमार सिंहले झुठा मुद्दा थप्दै गएका छन् । 

 

सिंहले पुस १ मा ओशो तपोवन गएर त्यहाँका सदस्य सचिवलाई अभद्र व्यवहार गरेको झुठो मुद्दा थप गरेका छन् । सो मुद्दा स्वामी देवसुन्दरले सोमबार बुझेका  छन् । मुद्दाबारे देवसुन्दर भन्छन्, ‘मैले तपोवन गएर गालीगलौज गर्ने त परको कुरा म तपोवन गएको पनि छैन । जब म त्यहाँ गएकै छैन भने सदस्य सचिवलाई कसरी गालीगलौज गर्ने ?’

 

उनले एकपछि अर्को झुठा मुद्दा थपिनुबारे नेपालआजसँग कुराकानी गर्दै भने, ‘आफू पूर्वजन्ममा बिहारको राजा थिएँ भन्ने आनन्द अरुण महिलाहरुलाई ‘तिमी मेरो पूर्वजन्मकी प्रेमिका थियौं’ भन्ने गर्नुहुन्छ । ओशोको नाममा यस्तो भद्दा मजाक गर्न थालेपछि मैले उहाँ गलत बाटोमा पुग्नुभयो भनेँ । तीतो सत्य सहन नसकेर अहिले मविरुद्ध झुठा मुद्दा थोपरिरहनु भएको छ ।’

 

देवसुन्दरले आफूले अरुणकुमार सिंहका बारेमा बोलेका हरेक शब्द, वाक्य सत्य रहेको दावी गरेका  छन् । उनले भने, ‘मैले भनेका कुनै पनि कुरा असत्य छन् भने मसँग सम्वाद गर्न आउन सक्नुहुन्छ उहाँ । ओशोको नामको दुरुपयोग गरेर मानिसहरुलाई इमोस्नल ब्लाकमेलिङ गर्ने काम उहाँले बन्द गर्नुपर्छ ।’

 

भारतमा आशाराम बापु, रामरहिम, राधेमाँ कै हालत नेपालका सन्यासीहरुको हुन नहुने तर्फ स्वामी देवसुन्दरले कामना गरेका छन् । 

 

विवादित आश्रम ओशो तपोवनका संरक्षक अरुणकुमार सिंहविरुद्ध विभिन्न आरोप लागेका छन् । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको जमिन कब्जा गरेको अभियोग त प्रमाणित नै भइसकेको छ । सरकारी संयन्त्रलाई प्रभावमा पारेर राष्ष्ट्रको ढुकुटीको दुरुपयोग गरेको पनि पुष्टि भइसकेको छ । उनीविरुद्ध कर छलेको, आश्रममा बन्दुक राखेर वन्यजन्तु मारेको आरोप पनि छ ।  भारतीय सन्यासीको रहस्यमय मृत्युमा पनि सिंहमाथि शंका गरिएको छ । 

 

सिंहको डिजाइनमा अघि स्वामी देवसुन्दरमाथि साइबर क्राइमको अभियोग खुट्टा मालिस गरिदिने महिलाले लगाएकी थिइन् । नेपाली हिन्दु महिलाले आफ्ना पतिबाहेक कसैको पति खुट्टा  छुन हुँदैन । नेपालमा कुनै पनि हिन्दु आदर्श पुरुषले आफ्नी पत्नीबाहेक अरुलाई आफ्नो खुट्टा छुनसम्म दिँदैनन् । तर सिंहले एक नारी र उनका पतिलाई प्रभावमा पारेर खुट्टा मसाज गराएका थिए । नेपाली हिन्दु समाजमा परस्त्रीलाई आफ्नो खुट्टा मसाज गराउनुलाई पाप मान्ने गरिन्छ । 
 

विशेष