एकदिवसीयः १६ महिनायता विराटले प्रहार गरेनन् शतक
एजेन्सी । न्यूजिल्याण्ड विरुद्धको तेस्रो एकदिवसीय खेलमा भारतीय क्रिकेट टोली सोमबार सात विकेटले विजयी भएसँगै उसकै भूमिमा १० वर्षपछि एकदिवसीय सिरिज आफ्नो नाममा बनाउन सफल भयो । भारतको यो जीतमा कप्तान विराट कोहलीले ६० रन प्रहार गरेर महत्वपूर्ण भूमिका निर्वाह गरे । यसको बाबजुत उनको नाममा एक नसोचेको रेकर्ड बनेको छ ।
सेप्टेम्बर २०१७ पछि विराटले लगातार ४ एकदिवसीय खेलमा एक पनि शतक प्रहार गर्न सकेका छैनन् । भारतीय टोलीको न्यूजिल्याण्ड भ्रमण २३ जनवरीदेखि शुरु भएको हो । यो भ्रमणमा विराटले पाँच एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा ४५, दोस्रो खेलमा ४३ र तेस्रो खेलमा ६० रन बनाए ।
यदि विराटले तेस्रो खेलमा शतक प्रहार गरेको भए अक्टोबर २०१७ देखि लगातार ४ सिरिजमा कम्तिमा पनि एक शतक प्रहार गर्ने क्रम जारी रहने थियो । तर, उनको यो क्रम जारी रहन सकेन । तथापि, यो सिरिजमा विराट टप स्कोर बनाउनेको सूचीको तेस्रो नम्बरमा छन् । न्यूजिल्याण्ड विरुद्धको बाँकी दुई खेलमा विराटलाई आराम दिइएको छ ।
विराट कोहली भारतीय क्रिकेट टोली