कर्पोरेट

रेष्टुरेन्टहरूले १२ वर्षदेखि असुल्दै आएको सेवा शुल्क खारेज, मजदुर भने असन्तुष्ट

रेष्टुरेन्टहरूले १२ वर्षदेखि असुल्दै आएको सेवा शुल्क खारेज, मजदुर भने असन्तुष्ट

काठमाडौं । रेष्टुरेन्ट व्यावसायीहरूले ग्राहकबाट असुली गर्दै आएको १० प्रतिशत सेवाशुल्क खारेज गरेको छ । रेस्टुराँहरुको छाता संस्था रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेबान)को सोमबार अबेर रातिसम्म चलेको बैठकले १२ वर्षदेखि उठाउँदै आएको सेवाशुल्क खारेज गर्ने निर्णय गरेको हो ।

 

एकसाताभित्र सम्पूर्ण निर्णय कार्यान्वयन गर्ने गरी काम सुरु गर्ने रेबानका अध्यक्ष प्रमेद जैसवालले बताए। उलने उपभक्ताको हितलाई मध्यनजर गर्दै १० प्रतिशत सेवाशुल्क खारेज गर्ने निर्णय गरेको बताए। उनले सेवा शुल्कका कारण रेष्टुरेन्ट व्यवसाय विस्तारमा पनि बाधा पुगेकाले शुल्क हटाएर अगाडि बढ्ने निर्णय भएको बताए।

 

देशभित्र सञ्चालित होटेल रेस्टुरेन्ट पार्टी प्यालेस नाइत क्लब लगायतले उपभोक्ताबाट सेवाशुल्कबापत् १० प्रतिशत अतिरिक्त शुल्क उठाउँदै आएका थिए। विगत १२ वर्षदेखि उपभोक्ताबाट उक्त शुल्क बाध्यकारी रूपमा उठाउँदै आएका थिए।

 

सेवाशुल्क खारेजीका लागि विगत ६ महिनादेखि रेबानले पहल गर्दै आएको भएता पनि मजदुर भने असन्तुष्ट बन्दै आएका थिए । सेवाशुल्क खारेजीको तयारी रोक्न मजदुर युनियनले श्रम कार्यालयसमेत मुद्दा दायर गरेको थियो । विशेषतः नेकपा माओवादी समर्थित अखिल नेपाल स्वतन्त्र होटल तथा रेस्टुरेन्ट मजदुर संगठनले सेवाशुल्क खारेजको विरोध गर्दै आएको छ।

रेष्टुरेन्ट

विशेष