खेल

भारतीय क्रिकेटर आम्बती रायडूलाई आईसीसीको प्रतिबन्ध

भारतीय क्रिकेटर आम्बती रायडूलाई आईसीसीको प्रतिबन्ध

काठमाडौं । भारतीय क्रिकेट टोलीका अलराउन्डर आम्बती रायडूलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले निलम्बन गरेको छ । आईसीसीले अन्तर्राष्ट्रिय क्रिकेटमा रायडूलाई उनको बलिङ परीक्षण नभइञ्जेलसम्मको लागि बलिङ गर्नबाट निलम्बन गरेको हो ।


रायडूको बलिङ एक्सनमा प्रश्न उठेपछि आईसीसीले उनलाई १४ दिनको समयमा आफ्नो बलिङ रिपोर्ट पेश गर्न आदेश दिएको थियो । तर यो अवधिमा उनी आईसीसी समक्ष बलिङ एक्सन रिपोर्ट पेश गर्न असफल भए ।

 

रायडूमाथिको निलम्बन उनको बलिङ परीक्षण नभएसम्म रहनेछ । उनले बलिङमा राम्रो गर्दै आईसीसीको परीक्षणमा पास भए उनीमाथिको प्रतिबन्ध फुकुवा हुने आईसीसीले बताएको छ । अष्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा पार्टटाइम बलिङ गरेका रायडुको बलिङ एक्सनलाई लिएर प्रश्न उठेको थियो ।  

आम्बती रायडु अन्तर्राष्ट्रिय क्रिकेट परिषद्

विशेष