किशोरी जोगाउँदै आयंका

काठमाडौं । चलचित्र नगरीका चर्चित जोडी हुन् नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी । अभिनय र प्रेमसँगै यो जोडीको चर्चा थपिंदै छ, आयंका फाउन्डेसनबाट ।
प्रजनन, स्वास्थ, शिक्षा, सरसफाइ, महिमनावारी, बालविवाहलगायत विविध विषयमा चेतना फैलाउने उद्देश्य रहेको यो जोडीको दाबी छ । गाउँका सरकारी विद्यालयमा गएर मशिनावारी सम्बन्धी शिक्षा दिने फाउन्डेसनको तयारी छ ।
उक्त शिक्षामा किशोरीलाई सुुरक्षित प्याडसहित प्रयोगविधिको जानकारी दिएने योजना छ । यो जोडीले आम्दानीको १० प्रतिशत रकम फाउन्डेसनमा लगाउने र अभियानका लागि देशविदेशमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि गर्नेछ ।
प्रियंका कार्की आयुष्मान देशराज खुराना