खेल

नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै प्रधानमन्त्रीले भने, विश्व खेल जगतमा नेपाल उदीयमान शक्ति

नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै प्रधानमन्त्रीले भने, विश्व खेल जगतमा नेपाल उदीयमान शक्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय शृंखला जितेकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले बधाई दिएका छन् । 

 

मंगलबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाली टोलीले प्राप्त गरेको सफलताले खेल जगतमा नेपाल उदीयमान शक्तिका रूपमा देखिएको उल्लेख गरेका छन् । प्रधानमनत्री ओलीले खेलकुद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिनेमा प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

बधाई सन्देशमा प्रधानमन्त्रीले भनेका छन् - 'एक दिवसीय क्रिकेट शृंखला जित्दै नेपाललाई गौरवशाली सफलता दिलाएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई । अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त यस सफलताले विश्व खेल जगतमा नेपाल उदीयमान शक्तिको रूपमा देखिएको छ, खेलकुद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिने विश्वास दिलाउँछु ।'

 

नेपालले सोमबार यूएईमा जारी तीन खेलको शृंखला २–१ ले जित्दै ऐतिहासिक सफलता प्राप्त गरेको थियो ।


सम्बन्धित समाचार

नेपाली क्रिकेटको ऐतिहासिक फड्को, यस्तो छ अन्तर्राष्ट्रिय यात्रा

नेपाल पहिलो पटक एकदिवसीय क्रिकेटको वरियतामा

नेपाल टस जितेर बलिङ गर्दै​​​​​​​

यूएईविरुद्धको अन्तिम खेल आज, शृंखला कसको पोल्टामा ?

नेपाली क्रिकेट टोली

विशेष