दीपाश्रीलाई पत्रकारले विवाह कहिले गर्ने भनेर सोधेपछि...
काठमाडौं । हाँस्य कलाकार तथा निर्देशक दीपाश्री निरौला व्यस्ता चुलिएको छ। पछिल्लो समय उनी मुन्द्रको कमेडी शोका साथै चलचित्रको निर्माणमा पनि व्यस्त छन्।
थुप्रै सफल चलचित्र निर्देशनसमेत गरिसकेकी दीपाश्रीले पछिल्लो समय आफ्नो ब्यानर आमा सरस्वति मुभिज र रोहतको ब्यानरबाट फिल्म निर्माण गर्ने भएकी छन् । दीपेन्द्रले फिल्मको निर्देशन गर्ने तयारी रहेको उनले खुलाइन्। दीपेन्द्र आफैँले स्टोरी लेखेकाले फिल्मलाई न्याय पनि उनले नै दिन सक्ने भन्दै उक्त फिल्मको निर्देशकीय पाटोको जिम्मा दिएको उनको तर्क छ ।
छ शब्दले आफूहरूकोलाई फापेकाले उक्त शब्द प्रयोगलाई निरन्तरता दिने बताइन्। तर आगामी चलचित्रमा दुवै पक्षको सहमतिपछि नाम राखिने भएकाले छ शब्द आउँछआउँदैन भन्ने यकिन नभएको उनले बताए । यद्यपि उनले छ शब्द समावेश हुनेमा आशावादी देखिन्थिन् ।
उनले पहिलापहिला विवाह गर्ने चाहना भए पनि तत्काल विवाहका बारेमा सोच नबनाएको उनले बताइन् । आफू क्यारियर तिर फोकस्ड भएकाले त्यसतर्फ ध्यान दिन नसकेको तर भगवान्ले एक दिन जोडी पठाइदिनुहुनेछ भन्ने आशमा रहेको बताइन् ।
दीपाश्री निरौला