खेल

पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भरतपुरमा, आज सम्झौता

पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भरतपुरमा, आज सम्झौता

काठमाडौं । नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवन भरतपुरमा निर्माण हुने भएको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको औपचारिक घोषणा आज (बुधबार) राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने भएको छ।

 

दिउँसो १ बजे हुने कार्यक्रममा भरतपुर महानगरपालिका र फाउण्डेसनबीच निर्माण सम्झौतासमेत हुने भएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको रंगशाला चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माण हुनेछ।भरतपुर महानगरपालिकाले उपलब्ध गराउने २० बिगाहा ६ कठ्ठा क्षेत्रफलमा रंगशाला बन्न लागेको हो।

धुर्मुस–सुन्तली फाउन्डेसन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवन- भरतपुर

विशेष