मुख्य समाचार

आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै

आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै

काठमाडौं । वीर शहीदप्रति श्रद्धा सुमन व्यक्त गर्दै आज पनि शहीद दिवस मनाइँदैछ । कठोर र निरङ्कुश राणा शासनविरुद्ध क्रान्ति गर्ने वीर शहीद शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्यदण्ड दिएपछि यिनै चार शहीदप्रति श्रद्धा सुमन व्यक्त गर्दै मुलुकभर सप्ताहका रूपमा शहीद दिवस मनाउन शुरु गरिएको हो ।


वि।सं १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकू दोभानमा, १२ गते धर्मभक्त माथेमालाई सिफलमा, माघ १४ गते गङ्गालाल र दशरथलाई शोभा भगवती घोडेनागस्थित भचाखुसीमा मृत्युदण्ड दिइएको थियो । क्रान्तिमा नवयुवकलाई भड्काएर देशमा विद्रोह फैलाएको अभियोगमा टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटा कपाल मुडेर वन्दी बनाइएको थियो । यो घटनापछि कारागारमै शहीद दिवस मनाउन थालिएको थियो तर त्यो समाचार पनि प्रजातन्त्र स्थापना भएपछि मात्र सार्वजनिक भयो ।


२००८ साल असारमा गोरखापत्रमा प्रकाशित समाचार अनुसार आचार्य र शर्माले कारागारमै शहीद दिवस मनाउन थालेपछि वि.सं २०११ सालसम्म नेपालको पहिलो राजनीतिक दल प्रजापरिषद्ले शहीद सप्ताह मनाएको थियो । त्यसअघि २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको हर्ष उल्लासमा वि।सं २००९ सालमा तत्कालीन राजा त्रिभुवनको अध्यक्षतामा शहीद सप्ताह मनाइएको थियो । 


वरिष्ठ पत्रकार भैरव रिसालका अनुसार राजा महेन्द्रको २०१७ साल पुस १ गतेको कदम अघिसम्म हर्ष उल्लाससाथ शहीद दिवस मनाइन्थ्यो । वि.सं. २०१७ सालपछि दलमाथि प्रतिवन्ध लगाइएपछि शहीद सप्ताह ओझेलमा प¥यो, उमङ्गका साथ मनाउन नै छोडियो । सार र वास्ना नभएको खल्लो रूपमा यो दिवस मनाइयो । काठमाडौं नगरपालिका तहमा मनाइने शहीद दिवस २०४६ पछि भने हर्षोल्लासका साथ मनाउन थालियो । 

शहीद दिवस

विशेष