कभर स्टोरी

‘अरिंगाले’ आक्रमणमा गगन थापाः वास्तविकता एक, प्रचार अर्कै 

‘अरिंगाले’ आक्रमणमा गगन थापाः वास्तविकता एक, प्रचार अर्कै 

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले सरकारको विरोध गर्नेहरुविरुद्ध अरिंगाल झै आक्रमण गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएपछि आक्रमणको मुख्य निशानामा गगन थापा परेका छन् । 

 

गगन थापा एक्लै सरकारका लागि भारी हुन थालेपछि पार्टी अध्यक्ष केपी ओलीका समर्थकहरुले थापाविरुद्धको आक्रमण तेज बनाएका छन् । यस्तो आक्रमण विशेषगरी सामाजिक सञ्जालमा बढी छ । दूर्भाग्य त के छ भने गगन थापाविरुद्धका अधिकांश प्रहार  भ्रामक भेटिएका  छन् । यो प्रहार अरिंगाले कार्यकर्ताहरुका लागि ब्याक फायर हुने देखिएको छ । केही प्रहार वास्तविक भए पनि ती आजको दिनमा अर्थहीन सरह भएका छन् । हामीले केही तथ्य संकलन गरेका छौं । यसबाट वास्तविकता र भ्रम छुट्टयाउन पाठकहरुलाई पनि सहज हुनेछ । 

 

पूर्वराजा ज्ञानेन्द्र शाह र गगन थापा    
एक युवकले ज्ञानेन्द्रलाई ढोगेको तस्बीर यतिबेला सामाजिक सञ्जालमा ब्यापक छ । कांग्रेसमा गणतन्त्रको एजेन्डा स्थापित गर्ने असाध्यै कम नेतामा गगनको पनि नाम आउँछ । तर यिनै गगन थापा कुनै बेला राजालाई ढोगेर उनका प्रिय थिए भन्ने प्रचार गरिएको छ । तर वास्तवमा राजा ज्ञानेन्द्रलाई ढोग्ने व्यक्ति गगन नभएर राजेन्द्र जोशी नामका व्यक्ति रहेछन् । 

 


राजालाई ढोगेको भनेर प्रचार गरिए पनि विगतमा फर्केर हेर्ने हो भने नेकपाका नेता माधवकुमार नेपाल स्वयंले ज्ञानेन्द्र शाहलाई राज्यभिषेकको बेला दाम चढाएका थिए । दाम प्रमुख दलका सबैले चढाएका थिए । यसकारण माधवकुमार नेपाललाई पहिले माओवादी कार्यकर्ताले यहि फोटो प्रयोग गरेर दूष्प्रचार गर्थे । अहिले माधव नेपाल पनि आफ्नै  पार्टीका नेता बनेपछि माओवादी कार्यकर्ता त्यसो गर्दैनन् । (हेर्नुहोस् तस्बीर )


गगन थापाविरुद्ध अर्को तस्बीर यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । त्यो फोटो  जनआन्दोलनका बेला सडकमा सम्भवतः प्रहरीलाई ढुंगा हान्दै गरेको हुनुपर्छ । ढुंगामुढा गर्नु, प्रहरीको टाउको फुटाउनु हिंसा नै हो । यस्तो हिंसा गर्ने गगन थापाले अहिले ठूला कुरा गर्न मिल्छ ? भन्ने आशयमा यो तस्बीर भाइरल बनाइएको छ । तर कक्षामा पढाइरहेका शिक्षक मुक्तिनाथ अधिकारीलाई रुखमा बाँधेर गोली हानेर मार्ने, त्यतिले चित्त नबुझेर छुरा पनि धसेर मार्नेहरु यतिबेला नेपाली जनतामाथि शासन गरिरहेका छन् । गगन थापा स्वास्थ्य सेवा माफियाको हातमा जाने भयो भनेर कराइ रहेका छन् ।

प्रश्न उठ्छ के यो बेला अरिंगालको आक्रमणमा पर्नुपर्ने गगन थापा योग्य पात्र हुन् ?  चिकित्सा शिक्षा विधेयकको सम्बन्धमा गगन थापाले राखेका धारणा कुनै पनि तथ्यभन्दा पर छैनन् । मार्सी चामलको भात खाएको गुन नेकपाका नेताहरुले चिकित्सा शिक्षा विधेयक पास गरेर तिरेका छन् । घाम झै छर्लंग यो कुराको ढाकछोप गगन थापाविरुद्ध अरिंगाल खन्याएर होला ?  

 


गगन थापाविरुद्धको आक्रमण केही त दयालाग्दा पनि छन् । आक्रमण भनेको दुख्ने हुनुपर्छ । तर आक्रमणकारीले स्तर मेन्टेन गर्न नसक्दा हास्यास्पद बनेका छन् । एउटा टेबल अगाडि चियाका कप छन् । वरिपरि गगन थापा, प्रदीप पौडेललगायत बसेका छन् । त्यो तस्बीरलाई फोटोसप गरेर टेबुलमा बियरका बोतल राखिएको छ । यस्तो सस्तो चिलाई त अरिंगालको हुनै सक्दैन । घ्यू कमिलाको जस्तो टोकाईलाई अरिंगाले आक्रमण मान्न सकिएला त ? 

यो बेला अर्को फन्डा निकाल्ने प्रयत्न भइरहेको छ । नेकपाका ऐन महर त्रिचन्द्र कलेज गएर गगन थापा स्ववियु सभापति हुँदा के कति अनियमितता गरे भन्ने खोजिरहेका छन् । अनियमितता गर्नेको खोजी हुनुपर्छ, कारबाही हुनुपर्छ भन्नेमा दुईमत भएन । तर यो शैलीमा त कारबाही होइन, दूष्प्रचार मात्रै गर्न सकिने हो । 

 

गगन थापाविरुद्ध केशव स्थापित स्टाइलको आक्रमणको प्रशंग पनि छ । तर त्यो विषय अलि लामो हुन सक्छ । प्याक्टबाट लिने भनेको ऋण अस्वीकार गरेको तथ्य थाहा नपाएर केशव स्थापितको ‘बाख्रा खै ? फ्रेस हाउस खै ? भन्ने प्रश्नले गगन थापाको निर्वाचन नै झन्डै प्रभावित भएको थियो । 
 

गगन थापा अरिंगाल माधव नेपाल

विशेष