खेल

भोलिबाट युएईविरुद्धको टी–२० सिरिज, श्रृंखला जित्ने नेपालको सम्भावना कति ?

भोलिबाट युएईविरुद्धको टी–२० सिरिज, श्रृंखला जित्ने नेपालको सम्भावना कति ?

काठमाडौं । यूएईविरुद्ध टी–२० सिरिजमा भोलिदेखि शुरु हुँदैछ । यो सिरिज हात पार्न नेपाललाई कठिन छ । कठिन यसकारण छकि यूएईका ब्याट्सम्यानहरु ठूलो सर्ट प्रहार गर्न सक्षम छन् । उनीहरुको विष्फोटक ब्याटिङ क्षमताको एक झलक तेस्रो एकदिवसीयमा पनि देखिएको थियो । ४७ रन जोड्दा ४ विकेट गुमाएको टिमलाई २५४ रनसम्म पुर्‍याउने क्रममा पछिल्लो १६ ओभरमा १४२ रन हानेका थिए । त्यसक्रममा सन्दीप लामिछानेले समेत महंगो देखिए । 


त्यसैले टी–२० सिरिजमा पनि यूएईलाई खुलेर खेल्न नदिनु नेपालका लागि महत्वपूर्ण हुनेछ । नेपाली बलरहरु डग्मगाए यूएईका ब्याट्सम्यान हाबी हुन सक्छन् । तर, निलम्बनमा परेका रोहन मुस्तफा लगायतका महत्वपूर्ण चार खेलाडी एकदिवसीय सिरिजमा जस्तै टी–२० मा पनि उपलब्ध हुने छैनन्, यो फाइदा नेपालका लागि कायम रहनेछ ।  

 

सन् २०१४ बंगलादेशमा सम्पन्न टी–२० विश्वकप क्रिकेटमा सन्तोषजनक प्रदर्शन गरेपछि नेपाललाई आईसीसीले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता दिएको थियो । त्यही वर्ष नोभेम्बरमा नेपालले हङकङसँग पहिलोपटक ऐतिहासिक सिरिज खेल्ने मौका पायो तर, वर्षा बाधक बनेपछि एक खेल मात्रै भयो । 

 

नेपाल भर्सेस यूएई टी–२० सिरिज

विशेष