मनोरञ्जन

पाँच महिनामा १५ किलो वजन घटाउने दौडमा आमिर

पाँच महिनामा १५ किलो वजन घटाउने दौडमा आमिर

एजेन्सी । बलिउड अभिनेता आमिर खान यतिबेला वजन घटाउने तयारीमा लागेका छन् । कामबाट धेरै समय ‘ग्याप’ भएका कारण उनको वजन ८५ किलो पुगेको छ । 

 

यो वर्ष उनको कुनैै पनि फिल्म रिलिज हुने तयारीमा छैनन् । अर्को वर्षको लागि ‘महाभारत’ र ‘फरेस्ट गम्प’ को इन्डियन रिमेकमा काम गर्नका लागि उनले एक विशेष टार्गेट बनाएका छन् । जुन टार्गेटमा पाँच महिनामा १५ किलो वजन घटाउने योजना रहेको छ । 
पछिल्लो केही महिना देखि काम नगरेका कारण अस्वभाविक रुपमा वजन बढेको आमिरले बताए । 

 

आमिरले पछिल्लो पटक आफ्नो फिल्मले सोचेको सफलता हासिल नगरेकोबारे बोल्दै केही फिल्म पेपरमा अलग हुने र फिल्म मेकिङ प्रोेसेसमा गएपछि अर्कै बन्ने बताए । यसका साथै उनले फिल्ममा काम गर्दा सुटिङमा आफूले राखेको लक्षमा अडिग नभइने हुँदा फिल्म असफल हुनमा एक नभएर अनेक कारण हुने पनि बताए । 
 

आमिर खान

विशेष