मनोरञ्जन कला साहित्य

कति नपढेका नायिकाको कुरा गर्नु ! पढाईमा छुरा हिरोइन पनि छन् 

रेखाको पढाई आठ पास, करिश्मा बन्दैछिन रोलमोडल

कति नपढेका नायिकाको कुरा गर्नु ! पढाईमा छुरा हिरोइन पनि छन् 

काठमाडौं । ‘छोरा नपढे गुन्डा हुन्छन, छोरी नपढे हिरोइन्’ भन्ने नेपाली समाजमा रहेको धारणा पछिल्लो समयको वास्तविकतासँग मेल खाँदैन । नेपाली सिने क्षेत्रमा नायिका रेखा थापा, करिश्मा मानन्धरले धेरै नपढे पनि यिनीहरु चर्चित छन् । धरै चर्चित नायिकाहरु अभिनयमा मात्र नभएर पढाइमा पनि अब्बल छन् ।    

 

केकी अधिकारीः सन् २०१० मा चलचित्र ‘स्वर’ बाट डेब्यु गर्दै नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेकी चर्चित नायिका केकीले दर्जनौं फिल्ममा अभिनय गरिसकेकी छिन् । यिनले ‘एमबिएस’ गरेकी छिन् ।

 

स्वस्तिमा खड्काः सन् २०१५ मा चलचित्र ‘होस्टेल रिटन्स’बाट डेब्यु गरेकी चर्चित मोडल तथा नायिका स्वस्तिमा खड्का एक ‘आर्किटेक्ट’ हुन् । यिनले थापाथली इन्जिनियर क्याम्पसबाट ‘बिइ’ गरेकी छिन् ।

 

प्रियंका कार्कीः नेपाली सिने क्षेत्रमा बालकलाकार भएर अभिनय गरेकी चर्चित नायिका कार्की सन् २०१२ मा चलचित्र ‘मेरो बेस्ट फ्रेन्ड’मार्फत नायिकाको भूिमकाबाट नेपाली सिने क्षेत्रमा उदाएकी हुन् । दर्जनौं हिट फिल्म गरिसकेकी यिनले ‘फिल्म मेकिङ’मा स्नातक गरेकी छिन् ।

 

अश्लेषा ठकुरीः चलचित्र ‘प्रेम गीत २’ मा नायक प्रदीप खड्कासँग स्क्रिन सेयर गरी नेपाली सिनेमा क्षेत्रमा पाइला टेकेकी अश्लेषाले स्नातक गरेकी छिन् । 

 

बर्षा सिवाकोटीः चलचित्र ‘नाई नभन्नु ल –२’ बाट अभिनय शुरु गरेकी नायिका बर्षा शिवाकोटीले ‘बीबीए’ गरेकी छिन् ।

 

निशा अधिकारीः सगरमाथा आरोहण गरेर नाम र चर्चा पाएकी नायिका निशा अधिकारीले सन् २००९ मा चलचित्र ‘मिशन पैसा’बाट डेब्यु गरेर नेपाली सिने क्षेत्रमा पाइला टेकिन् । निशा चर्चित क्रिकेटर शरद भेस्वाकरकी जीवन संगीनी हुन् । यिनले स्नातक गरेकी छिन् ।

 

पुजा शर्माः चलचित्र ‘मधुमास’बाट डेब्यु गरेकी नायिका पुजा शर्माले उक्त फिल्मबाट नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरिन् । यिनले स्नातक गरेकी छिन् ।

साम्राज्ञी शाहः सन् २०१६ को डेब्यु फिल्म ‘ड्रीम्स’मा नायिका साम्राज्ञीले नायक अनमोल केसीसँग स्क्रिन सेयर गरेर नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरिन् । छोटो समयमै धेरै चर्चा र लोकप्रियता बटुल्न सफल साम्राज्ञीले ‘सोसल वर्क’मा स्नातक गरेकी छिन् ।

 

बिनिता बरालः नायिका विनिता बरालले चलचित्र ‘चपली हाईट’मार्फत नेपाली सिनेमा क्षेत्रमा पाइला टेकिन् । तर फिल्म क्षेत्रमा सफल हुन नसकेपछि उनी कृषि क्षेत्रमा लागिन् । जुइनो नामक पुस्तकसमेत लेखेकी बिनिताले ‘एमबिएस’ गरेकी छिन् ।

 

 

अदिति बुढाथोकीः अदिति बुढाथोकीले चलचित्र ‘कृ’ मार्फत नेपाली सिनेमा क्षेत्रमा पाइला टेकिन् । उक्त फिल्ममा उनले नायक अनमोल केसीसँग स्क्रिन सेयर गरिन्  । यिनले  स्नातकोत्तर गरेकी छिन् ।

 

 

नीता ढुङ्गानाः सानैदेखि अभिनयमा प्रवेश गरेकी नीताले दर्जनौं चलचित्रमा नायिकको रुपमा काम गरेकी छिन् । यिनले स्नातकसम्म अध्ययन गरेकी छिन् ।

 

ऋचा शर्माः नायिका ऋचा शर्माले सन् २०१० मा चलचित्र ‘फस्ट लभ’ बाट डेब्यु गरेर नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरिन् । यिनले स्नातकोत्तर गरेकी छिन् ।

 

बर्षा राउतः चर्चित नायिका वर्षा राउतले चलचित्र ‘लभ बर्डस’ मार्फत नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेकी हन् । दर्जनौं फिल्ममा अभिनय गरिसकेकी यिनले स्नातक गरेकी छिन् ।

 

आँचल शर्माः मोडल तथा नायिका आँचल शर्माले चलचित्र ‘नाई नभन्नु ल–४’ बाट डेब्यु गरेर नेपाली सिने क्षेत्रमा पाइला टेकिन् । यिनले स्नातक गरेकी छिन् ।

 

जसिता गुरुङः मोडल तथा नायिका जसिता गुरुङले चलचित्र ‘लिलिबिलि’मार्फत नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरिन् । उक्त फिल्ममा यिनले नायक प्रदिप खड्कासँग स्क्रिन सेयर गरेर अभिनय गरेकी हुन् । यिनले स्नातकोत्तर गरिकी छिन् ।

 

सृष्टी श्रेष्ठः पूर्वमिस नेपाल तथा नायिका सृष्टी श्रेष्ठ चलचित्र ‘गाजलु’ बाट डेब्यु गर्दै  नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेकी हुन् । यिनले बीएससी नर्सिङ गरेकी छिन् ।

 

रेखाको पढाई आठ पास, करिश्मा बन्दैछिन रोलमोडल
रेखा थापाः नायिका रेखा थापाले चलचित्र ‘हिरो’मार्फत नेपाली सिनेमा क्षेत्रमा पाइला टेकिन् । नेपाली सिने क्षेत्रमा चर्चित नायिकाको रुपमा स्थापित रेखाले कक्षा आठसम्म अध्ययन गरेको बताइन्छ । 


करिश्मा मानन्धरः सफल तथा सदाबहार नायिकाको रुपमा परिचित करिश्मा मानन्धरले १४ वर्षको कलिलो उमेरमा चलचित्र ‘सन्तान’मार्फत नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरिन् । दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी मानन्धर एक चर्चित नायिका हुन् । हाल उनी ९ कक्षामा अध्ययनरत छिन् ।

 

नम्रता श्रेष्ठः नेपाली सिनेमा क्षेत्रका चर्चित मोडल तथा नायिका नर्मता श्रेष्टले सन् २००८ मा चलचित्र ‘सानो संसार’ बाट डेब्यु गरेकी हुन् । दर्जनौं फिल्ममा अभिनय गरेसकेकी उनले  १२ पास गरेकी छन् ।

 

अन्ना शर्माः माडल तथा नायिका अन्ना शर्माले चलचित्र ‘जेरी’मा नायक अनमोल केशीसँग स्क्रिन सेयर गरेर नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले ए लेभल पढेकी हुन् ।

विशेष