राम्रो गायक जथाभावी महोत्सवमा जानु हुँदैन (भिडियोसहित)
काठमाडौं । स्वरुपराज आचार्य करीब २५ वर्षदेखि फिल्म तथा गायन क्षेत्रमा छन् । पछिल्लो समय वास्तविकभन्दा सतही सांगीतिक माहोल देखर उनको चित्त दुःखेको छ । नेपालआजको अन्तर्वार्ताका क्रममा उनले नेपालको पछिल्लो सांगीतिक अवस्थाका बारेमा खुलेर कुराकानी गरे ।
नयाँ गीत
मेलोडी गीतभन्दा पनि नेपालमा चुट्के तथा डान्स केन्द्रीत गीतहरू चलिरहेका कारण पनि आफूले सेलेक्टिभ भएर गीत गाइरहेको उनले बताए । उनका अनुसार हृदय छुन र कालजयी गीत गाउने कलाकारको कमी भएको छ नेपालमा ।
केही समय विदेशका विभिन्न ठाउँका कार्यक्रममा सहभागी भएर भर्खरै मात्र स्वदेश फर्केका उनले भाइ सत्यराजसँग मिलेर निकट भविष्यमा नै नयाँ गीत लिएर आउने समेत खुलासा गरे । बुबा भक्तराज प्रतिष्ठानका रोकिएका काम सकिएलगत्तै नयाँ गीत बजारमा ल्याउने तयारी रहेको उनले सुनाए । दाजुभाइ मिलेर गाउँगाउँ नाचु नाचु लाग्ने गीत ल्याउने बताए । तर कहिले ल्याउने भन्ने खुलाएनन्।
सम्मान
देशविदेशमा रहेका नेपालीहरूले आफूहरूलाई समान्न गर्दा गर्वको महसुस हुने सुनाउँछन् । विदेशमा जाँदा पनि पनि नेपालीहरूले न्यानो स्वागत गरे जस्तो लाग्छ । त्यसैले उनीहरूले दर्शकको भावनाअनुसार सबै प्रकारको गीत गाउँने बताउँछन् । उनका अनुसार विदेशका कार्यक्रममा सबै प्रकारका गीत गाएर दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्ने सुनाउँछन् ।
आगामी चलचित्र
राम्रो विषय वस्तुमाथि केन्द्रित भएर कथा आयो भने अर्को फिल्ममा पनि हात हाल्ने बताउँछन्, स्वरुप राज। यसअघि सत्य-स्वरुपले साढे सात भन्ने चलचित्र बनाएका थिए । उक्त फिल्ममा भारतले नेपालमाथि लगाएको नाकाबन्दीका समयमा एउटा पत्रकारले भगेको भोगाइ प्रस्तुत गरिएको थियो । उक्त चलचित्रमा पत्रकारको भूमिका स्वरुप आफैँले निभाएका थिए ।
साढे सातमा आफू र आफ्नो टिमले हरेक विषयवस्तुमा एक्सपेरिमेन्ट गरेको बताउँछन् । अब चलचित्र बनाउँदा प्रयोगात्मक चलचित्र नभइ दर्शकलाई तान्न सक्ने बनाउने योजनामा छन् । राम्रो स्क्रिप्ट आयो भने पुनः नयाँ फिल्म योजनामा छन् ।
गायन क्षेत्रमा आउने नयाँ पुस्ता
यहिले गायन क्षेत्रमा धेरै नयाँ पुस्ताको आगमन भए पनि १०० मा पाँच प्रतिशतमात्र लामो रेसको घोडा हुने अरू हराएर जाने उनको तर्क छ । 'राम्राराम्रा गायक आएका छन् तर कालजयी गीत गाउँन भनेको एकदमै न्यून रहेका छन्' उनी भन्छन् । उनका अनुसार सतही रुपमा आए गहिराइमा पुगेर गाउने गायकको कमी छ। एकदुई पटक विदेशका विभिन्न कार्यक्रममा गर्यो तर फेरि हराउने र अर्कोपटक खोज्न पर्ने स्थिति रहेको पनि उनी बताउँछन् ।
अन्याय
केही नाम चलेका संगीतकारले पनि नयाँ नाम नचलेका र सामान्य गायकहरूलाई गीत गाउन लगाउने गरेका छन् । त्यसलाई उनी चीप पपुलारिटीको संज्ञा दिन्छन् । उनले संगीतकारलाई बजारको हल्लाको पछि नलागी आफ्नो काममा विश्वास गर्न सुझाव दिन्छन् । 'राम्रो सृजना गर्ने संगीतकार तथा गायकले आफ्नो काममा मात्रै ध्यान दिँदा पुग्छ। चटक देखाउनु पर्दैन' उनी भन्छन् ।
महोत्सवमा जाने काम राम्रो कि नराम्रो ?
राम्रा गायकहरू जथाभावी महोत्सवमा जान नहुने उनी बताउँछन् । व्यवस्था बुझेर जाँदा मात्र राम्रो हुने उनको तर्क छ ।
डिजिटल प्लेट फम
नेपालका गायक तथा संगीतकारलाई डिजिटल प्लेट फमले राम्रो गरेको उनको धारणा छ । अहिले गायकहरूले युट्युबबाटै पनि राम्रो आम्दानी गर्ने गरेको बताउँन् । तर सबै कलाकारले यसका बारेमा नबुझेकाले केही समस्या भइरहेको उनको बुझाइ छ। उनी भन्छन्, 'डिजिटलले फाइदा गर्छ तर सबैलाई थाहा भएको छैन। अधिकांसले त्यो सबै कुरा बुझेका छैनन्।'
अनलाइन न्युज पोर्टल
केही अनलाइनले फेक न्युज सम्प्रेशण गरेको देख्दा उनलाई दुःख लाग्छ । निस्पक्ष, तार्किक, पुष्ट समाचार पोस्ट गर्ने एकदमै कम रहेको उनी बताउँछन् ।
स्वरुपराज आचार्य