खेल

यूएई विरुद्धको पहिलो टि–२० आज, नेपाललाई सिरिज जित्ने अवसर

यूएई विरुद्धको पहिलो टि–२० आज, नेपाललाई सिरिज जित्ने अवसर

काठमाडौं ।  आज नेपाली क्रिकेट टोलीले यूएईविरुद्धको पहिलो टी–२० खेल खेल्दैछ । एक दिवसीय सिरिज २–१ ले जितेको नेपालले टी –२० सिरिज पनि जित्ने लक्ष्य लिएको छ । एक दिवसीय सिरीजअन्तर्गत नेपालले पहिलो खेलमा तीन विकेटको पराजय बेहोरे पनि दोस्रो खेलमा शानदार खेल खेल्दै १४५ रनको जित हासिल गरी सिरिज बराबरी गरेको थियो ।

 

तेस्रो खेलमा पनि २५५ रनको कठिन लक्ष्य नेपालले पछ्याउँदै प्रशंसायोग्य जित हासिल गर्दै सिरिज जितेको थियो नेपाल यूएईबीचको खेल नेपाली समयानुसार पौने तीन बजे दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा हुनेछ । जुन मैदानमा नेपालले ऐतिहासिक एकदिवसीय सिरिज जितेको थियो । गएको वर्ष मार्चमा एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपालले स्वतः टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएको हो । 

नेपाल भर्सेस यूएई नेपाली क्रिकेट टोली

विशेष