चौंथो एकदिवसीयः भारतको नेपालभन्दा पनि खराब प्रदर्शन, ९२ रनमै अलआउट
काठमाडौं, माघ १७ । न्यूजिल्याण्ड विरुद्धको चौंथो एकदिवसीय खेलमा भारतले ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ३०.५ ओभरमा सबै विकेट गुुमाउँदै ९२ रन मात्र जोड्यो। उसका लागि हार्दिक पान्ड्याले सर्बाधिक १६ रनबाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन ।
भारतका दिनेश कार्ति र अम्बाती रायडूूले खाता नै खोल्न सकेनन् । बलिङमा न्यजिल्याण्डका ट्रेन्ट बोल्टले पाँच, कोलिन डी ग्राडहोमले तीन, टोड एस्टेल र जेमस निसाहमले समान एकएक विकेट लिए । पाँच एकदिवसीय सिरिजमा भारत ३-० ले अग्रता लिएको छ । यसअघिका तीन खेलमा शानदार प्रदर्शन गरेको भारतले चौंथो खेलमा भने अत्यन्तै खराब प्रदर्शन गर्यो ।
भारतको प्रदर्शन नेपालको भन्दा पनि खराब
केही दिनअघि मात्र नेपालले यूएईविरुद्धको एकदिवसीय सिरिज जित्यो । पहिलो खेलमा नेपालले अत्यन्तै खराब प्रदर्शन गर्यो । उसले ३२.१ ओभरमै सबै विकेट गुमाउँदै ११३ रन मात्र बनाउन सक्यो । तर, आज भारतले यती रन पनि बनाउन सकेन । भारत आज ३०.५ ओभरमा अलआउट भयो ।