मनोरञ्जन

फिल्ममा डेब्यू गर्दै दीपकाका पहिलाे प्रेमी

फिल्ममा डेब्यू गर्दै दीपकाका पहिलाे प्रेमी

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण आजबाट ३२ वर्ष लागेकी छन् । उनको र रणवीर सिंहको विवाहको चर्चा सामाजिक सञ्जालमा भर्खरै सकिएको छ । दिपिका र रणवीर सिंह विगत ५ वर्ष अघिदेखिनै प्रेम सम्बन्धमा थिए । त्यसो त रणवीर सिंह भन्दा अगाडि दिपिका पादुकोणको नाम विभिन्न सेलिब्रेटि सँग जोडिइसकेको थियो । जसमा रणवीर कपुर, सिद्धार्थ माल्या, युवराज सिंह, महेन्द्र सिंह धोनी, निहार पाण्डेको नाम सामेल रहेका छन् । निहार दिपिका पादुकोणका पहिलो प्रेमी थिए । यी दुइ जनाको भेट १३ वर्ष अघि नै भएको थियो । 

३ वर्ष सम्म चलेको थियो सम्बन्ध


विभिन्न मिडियालाइ आधार मान्ने हो भने मोडलिङको समयमा नै निहार पाण्डे दीपिकाका प्रेमी थिए । सन् २००५ मा यी दुइको भेट एक एक्टिंङ स्कुलमा भएको थियो । दुइजनाको मित्रता छोटो समयमा नै प्रेममा बद्लियो । ३ वर्ष सम्म प्रेम सम्वन्धमा रहिसकेपछि दीपिकाले निहारसँग ब्रेकअप गरिन् । फिल्मी क्यारियरको सुरुवाती दिनमा दीपिका निहारकै घरमा बस्थिन । 

कंगना रनावत सँग डेब्यू गर्दै छन निहार

मोडल निहार पाण्डे छिटै नै बलिउडमा डेब्यू गर्न गइरहेका छन् । स्रोतले जनाए अनुसार निहार रानी लक्ष्मी बाईको जिवनीमा आधारीत फिल्म मणिकर्णिकाः द क्वीन अफ झांसी मा डेब्यू गर्दैछन् । यसमा निहार बाजीराव द्वितीयको भुमिका निभाउँदै छन । यो भूमिकाको लागि निहारले मार्शल आटर््स, हर्स राइडिंग र वेट लिफ्टििगंको ट्रेनिंङ पनि गरेका छन ।


 

दीपिका पादुकोण

विशेष