समाज

सेनाका राहदानीबाहक घोडा, हाड नातामा 'नो ब्रिडिङ'

सेनाका राहदानीबाहक घोडा, हाड नातामा 'नो ब्रिडिङ'

भरतपुर । नेपालमा घोडा उत्पादन गर्ने उद्देश्यले सरकारी निकायबाटै खोलिएको एक मात्रै उत्पादन केन्द्र चितवनको भरतपुरमा छ । ‘सैनिक इक्वाइन ब्रिडिङ सेन्टर’ नामको सो केन्द्रमा हाल स्वदेशी तथा विदेशी गरी ७३ वटा घोडा छन् ।

 

प्रत्येक घोडाका आआफ्नै नाम छन् भने आफ्नै इतिहास छ । विदेशबाट ल्याइएका घोडाको राहदानीसमेत छ । उनीहरूको तीनपुस्ते विवरण, जन्ममिति, बेलाबखत लगाइएका खोपलगायतको विवरणसमेत राखिएको छ ।यहाँ उत्पादन गरिने घोडामा ब्रिडिङ गराउँदा नै हाडनाताको समेत ख्याल गर्ने गरिएको छ । एउटा घोडाको ‘ब्रिड’ अर्को घोडासँग उत्पादनका लागि मेल गराउँदा उसको बीउ ९ब्रिड० को प्रोफाइल हेर्ने गरिएको हो । जसका कारण उनीहरूको हाडनाताभित्रको बीउ घोडा उत्पादनमा प्रयोग हुँदैन ।  उत्पादन केन्द्रको प्रमुखको जिम्मेवारी सम्हालिरहेका नेपाली सेनाका प्राविधिक सेनानी डा। एमपी शाहले प्रत्येक घोडाको हाडनाताको सम्बन्ध छुट्याइएको र एकै हाडनाताभित्र पर्ने घोडाको ब्रिडको प्रोफाइल हेरेर उत्पादनमा प्रयोग गर्ने गरिएको जनाए ।

 

‘प्रत्येक घोडाको विवरण राख्ने गरिएको छ, आमा, बुबा, हजुरबुबा, हजुरआमादेखि कम्तीमा तीनपुस्तासम्मको विवरण राखिन्छ, उत्पादनमा सो प्रोफाइल हेरेर ब्रिड क्रस गर्ने गरिएको छ, हाडनाताभित्र उत्पादन हुँदैन,’ प्राविधिक सेनानी शाहले भने ।  केन्द्रमा रहेका घोडाका आआफ्नै नाम छन् । विदेशबाट ल्याइएका घोडालाई विदेशी नाम नै दिइएको छ भने केन्द्रमा नै जन्मिएका घोडाको भने नेपाली नाम राखिएको छ । यो खबर आजको राजधानीबाट लिइएको हो ।

घोडा

विशेष