Technology

ड्राइभिङ लाइसेन्सको दैनिक माग १० हजार, छापिन्छ मात्रै पाँच हजार

ड्राइभिङ लाइसेन्सको दैनिक माग १० हजार, छापिन्छ मात्रै पाँच हजार

काठमाडौं ।  सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को माग दोब्बरले बृद्धि भएको छ ।

 

दैनिक पाँच हजार प्रतिसम्म माग हुने गरेकोमा हाल दैनिक १० हजार पुगेको छ । दशैँ, तिहार तथा छठका अवसरमा दुई महिना भन्दाबढी समय रोकिएकाले पनि माग बढेको यातायात व्यवस्था विभागले जनाएको छ ।दैनिक माग बढेपछि प्रिन्ट गर्न बाँकी रहेको लाइसेन्स सङ्ख्या पनि थपिँदै आएको छ । दशैँ अघिसम्म करिब छ लाख लाइसेन्स प्रिन्ट गर्न बाँकी थियो । प्रिन्ट गर्न बाँकी रहेको लाइसेन्सविभागले निजी कम्पनी मालिका इन कर्पोरेटलाई दिएको छ ।

 

छ लाखमध्ये कर्पोरेटले तीन लाख लाइसेन्स प्रिन्ट गरिसकेको छ, तीन लाख अझै पिन्ट गर्न बाँकी नै छ । यो सङ्ख्या दशैँ अघिकै हो तर माग बढेपछि थप डेढलाख लाइेन्स प्रिन्ट गर्न बाँकी भइसकेको छ । नयाँ र पुरानो गरी अब करिब चार लाख ५० हजार लाइसेन्स प्रिन्ट गर्न बाँकी रहेको यातायात व्यवस्थ विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । यो खबर गोरखापत्र दैनिकबाट लिइएको हो ।

चालक अनुमति पत्र

विशेष