खेल

चेल्सी, आर्सनल र म्यान्चेस्टर युनाईटेड एफएको चौथो चरणमा

चेल्सी, आर्सनल र म्यान्चेस्टर युनाईटेड एफएको चौथो चरणमा

काठमाडौं । शीर्ष क्लबहरु चेल्सी, आर्सनल र म्यान्चेस्टर युनाईटेड एफए कप फुटबल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेका छन् । गएराति भएको तेस्रो चरणको खेलमा चेल्सीले नटिङ्घम फरेस्टलाई २–० ले हराउँदा आर्सनलले ब्ल्याकपूलमाथि ३–० को जित निकाल्यो ।

 

यसैगरी म्यान्चेस्टर युनाईटेडले रिडिङलाई २–० ले पराजित गर्दा ब्राईटनले बर्नमाउथमाथि ३–१ को जित निकाल्यो । गएरातिका खेलमा विजयी हुँदै वेष्ट ह्याम युनाईटेड, बर्न्ले, एभर्टन, क्रिष्टल प्यालेस र स्वान्सी सिटी पनि एफ।ए कप फुटबलको चौथो चरणमा उक्लिएका छन् ।

fa cup

विशेष