भारतको सिपाही विद्रोह

नेपालका प्रधानमन्त्री जंगबहादुर राणा आफै गएर भारतमा अंग्रेजविरुद्ध भइरहेको सिपाई विद्रोह दमन गरेको घटनाबारे धेरैलाई थाहा होला । तर त्यो सिपाही विद्रोहमा संलग्न मुगल सम्राट बहादुर शाह जफर द्वितीयविरुद्ध अंग्रेज शासकले सुनवाई शुरु गरेका थिए । त्यो ७ जनवरी थियो । १८५९ को यो घटना पछि नेपालले अंग्रेजबाट चार जिल्ला फिर्ता पाएको थियो ।