मुख्य समाचार

काठमाडौं वरपरका डाँडामा हिमपात

काठमाडौं वरपरका डाँडामा हिमपात

काठमाडौं । काठमाडौं उपत्यकाका वरपरका अग्ला डाँडासहित देशका उच्च पहाडी र हिमाली भेगका धेरैजसो स्थानमा हिमपात भएको छ । काठमाडौं वरपरका चन्द्रागिरी, फुलचोकी, शिवपुरी, भक्तपुरको नगरकोट, मकवानपुरको दामन, दोलखाको कालिन्चोकलगायतका स्थानमा पनि सोमबार बिहानदेखि हिमपात भइरहेको छ ।
 


जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले पश्चिम वायुको प्रभावका कारण देशैभर वर्षा र उच्च पहाडी तथा हिमाली भागमा हिमपात भएको बताइन्। वर्षा र हिमपातसँगै जनजीवन प्रभावित बनेको छ। पश्चिमको डडेलधुरा र दिपायल हुँदै आइतबार प्रवेश भएको पश्चिम वायुका कारण पश्चिम क्षेत्रका उच्च हिमाली भागमा आइतबार दिउसोदेखि नै भारी हिमपात भएको थियो।

 

पश्चिमको अपी, सैपाल, बझांग, खप्तड, रारा, जुम्ला, शेफोक्सुन्डो, मुस्तांग, मनांग, गोरखालगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ। पश्चिमी वायुको प्रभाव पूर्वतिर सर्दै गएपछि काठमाडौंसहितका पूर्वी भागमासमेत वर्षासहित हिमपात भएको हो। काठमाडौंमा आज बिहानको तापक्रम ८ डीग्री सेल्सियस रहेको छ ।  

हिमपात

विशेष