मुख्य समाचार

वाइडबडीः सर्वोच्चले ‘किस्ता नरोक्नू’ भनेकोले मैले केही गरिनँः पर्यटनमन्त्री 

‘वाइडबडी जहाज पहिलेकै सरकारहरुले  किन्ने प्रक्रिया गरेका हुन्, म संलग्न छैन’ 

वाइडबडीः सर्वोच्चले ‘किस्ता नरोक्नू’ भनेकोले मैले केही गरिनँः पर्यटनमन्त्री 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी  जहाज खरिद गर्ने प्रक्रिया पहिलेकै सरकारहरुले गरेकोले आफू सो प्रक्रियामा नजोडिने बताएका छन् । 

 

पर्यटनमन्त्रालयमा सोमबार पत्रकार सम्मेलन  गरी मन्त्री अधिकारीले यस्तो स्पष्टोक्ति दिएका हुन् । उनले निगमले जहाज खरिदका लागि गरेको प्रक्रियाबारे चर्चा गर्दै रकम भुक्तानी प्रक्रिया नियमसंगत पठाएको उल्लेख गरेका छन् । ७४ वैशाखमै विमान खरिदलाई मन्त्रिपरिषदले स्वीकृत गरेको र सर्वोच्चले समेत जहाज खरिदमा कुनै अवरोध नगरेकोले आफू निर्दोष रहेको मन्त्री अधिकारीको दावी छ । 

 

७३ चैत १५ मै विमान खरिदसम्झौता भएकोले आफू सो प्रक्रियामा नरहेको अधिकारीको कथन छ । अन्तिम किस्ता रकम रोक्ने आफूसँग अधिकार नरहेको उनले दावी गरेका छन् । सर्वोच्चले नै रकम नरोक्नू भन्ने आदेश भएका कारण आफूले पैसा नरोकेको उनको भनाइ छ ।

 

 विमान खरिदमा आफ्नो कुनै पनि संलग्नता नरहेको मन्त्री अधिकारीले दावी गरे । उनले वजनका विषयमा भएको अनियमितता, गैरकानुनी ढंगले पैसा पठाएको सम्बन्धमा, आफूले झुठ बोलेको सम्बन्धमा, छानविन समिति गठन गर्छु भनेर नगरेका सम्बन्धमा कुनै कुरा राखेनन् । 

 

 उनले पूर्वाग्रहका आधारमा आफ्नो नाम जोडिएकोमा दुःख व्यक्त गरे । 
 

पत्रकारहरुले सोधको प्रश्नमा पर्यटनका सहसचिव बुद्धिसागर लामिछाने भने, ‘जहाजको अधिकतम टेक अफ वजन २३० मेट्रिक टन नै हो । २४२ भन्ने हल्ला मात्रै हो । सिड्नी गन्तव्य उडाउने भनेको हो तर यहि २ वटाले त्यहाँ पुर्याउने भनेको होइन । सात वटा जहाज किन्ने भनेको हो । बाँकी जहाजबाट त्यहाँ उडाउने योजना छ ।’

विशेष