कभर स्टोरी भिडियो मनोरञ्जन

‘उल्टोबाट गीत गाएर धेरैले गिनिज बुकमा नाम लेखाऊ भन्छन्’(भिडियोसहित)

‘उल्टोबाट गीत गाएर धेरैले गिनिज बुकमा नाम लेखाऊ भन्छन्’(भिडियोसहित)

काठमाडौं । गायिका सरू गौतम अब नेपाली गायन क्षेत्रमा नौलो नाम रहेन । विगत आठ वर्षदेखि गायनामा सक्रिय उनले पहिलो गीत नै चर्चित गायक नरेन्द्र प्यासीसँग गाउन पाइन् । प्यासीसँग उनले ‘अपार हाम्रो माया कहिल्यै पनि टुट्दैन’ बोलको गीत गाएकी थिइन् । हाल उनको ‘काग दाजै’ बोलको गीत सार्वधिक रूचाइयो । 

 


गौतम बच्चादेखि नै गीत गाउनमा शौखिन थिइन् । अरूको अघि गीत गाउँदा उनको धेरैले प्रशंसा गर्थे । त्यही प्रशंसाले नै उनलाई थप उत्साह दियो । गीत गाउनमात्र होइन उनमा अर्को पनि अनौठो खुबी छ । शब्दलाई उल्टो पारेर पनि उनी सुरताल मिलाएरै गीत गाउन सक्छिन् । साथीभाईमा ख्याल्ठट्टामा उल्टोबाट बोल्ने बानीले उनी गीत नै गाइदिन थालिन् । 

 

 

जसरी आम मानिस नेपाली भाषाबाट सहजता पूर्ण बोल्न सक्छन, उनी सहजै रुपमा उल्टोबाट गाउन सक्छिन् । धरैले उनलाई गिनिज बुकमा नाम लेखाउन पनि भनेका छन् । तर उनलाई आफूले खासै ठूलो काम गरे जस्तो लाग्दैन । त्यसकारण उनले यतातिर सोचेकी छैनन् । 

 

हालसम्म उनले गायकीकै कारण चारवटा अवार्ड हात पारिसकेकी छन् । चलचित्रमासमेत गीत गाइसकेकी उनले ‘पञ्चायत’ फिल्मको लागि गाएको ‘छोरीको जन्म’ बोलको गीत पनि निकै रूचाइयो । 

 

सेलिब्रेटी क्रस आर्यन सिग्देल रहेको बताउने गौतम आफू ‘सिंगल’ भएको बताउँछिन् । अनमोल केसी उनलाई ‘सेक्सी’ लाग्छन् । भविष्यमा आफ्नो पेशा र कामलाई सम्मान गर्ने व्यक्तिसँग विवाह गर्न चाहन्छिन् उनी । 

 

उनी सांगीतिक क्षेत्रमा संघर्ष गरिरहँदा उनकी दिदीको ठूलो साथ र सहयोग थियो । तर आजको चर्चा र सफलतामा रमाउन उनीसँग दिदीको भौतिक साथ छैन । दिदीको निधनपछि आफू यो क्षेत्रमा टिक्छु जस्तो लागेको थिएन उनलाई । करिब डेढ वर्ष त उनले गाउन नै छोडिसकेकी थिइन् । तर परिवारको साथ र हौसलाले उनलाई पूनः गायन क्षेत्रमा फर्काएको छ । 


 

सरू गौतम

विशेष