मुख्य समाचार

त्रिभुवन विमानस्थलको सञ्चार उपकरणमा खराबी, सबै उडान रोकियो

त्रिभुवन विमानस्थलको सञ्चार उपकरणमा खराबी, सबै उडान रोकियो

काठमाडौं । सञ्चार उपकरणमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानमा समस्या आएको छ । भिसिसिएस भनिने उपकरणको एरिया र एप्रोचमा समस्या आएकाले उडान केही समयका लागि रोकिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । तर अवतरणमा भने कुनै समस्या नरहेको उनले बताए ।

 

उनका अनुसार  एरिया र एप्रोच सिस्टममा नदेखिएकाले उडान केही समयका लागि रोकिएको हो । तर आउने विमानको अवतरणमा कुनै प्रभाव परेको छैन । महाप्रबन्धक  क्षत्रीले सिसिएस उपकरण अर्को रहेकोले त्यसलाई जडान गर्ने काम भइरहेको बताए । चाँडै नै उडान सेवा पनि नियमित हुने उनले जानकारी दिए । 

 

विमानस्थलको टावरले भने नियमित रुपमा काम गरिरहेकाले अवतरणमा समस्या नरहेको उनले जानकारी दिएका हुन् । भिसिसिएसमा समस्या आउँदा बिहान ९ बजेतिरदेखि उडान प्रभावित भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ

विशेष