मनोरञ्जन

हलिउड क्लासिक ‘फर्रेस्ट गम्प’ को रिमेकको लागि विशेष तयारी गर्दै आमिर

हलिउड क्लासिक ‘फर्रेस्ट गम्प’ को रिमेकको लागि विशेष तयारी गर्दै आमिर

एजेन्सी । बलिउड अभिनेता आमिर खान फिल्मको भूमिकामा जम्नको लागि विशेष तैयारी गर्ने गर्छन् । हाल उनी आफ्नो अर्को फिल्मको लागि ‘फिटनेस फ्रिक’ भएका छन् । यस फिल्ममा उनलाई स्लिम र जवान देखिनु छ । त्यसकारण उनी एकदम स्ट्रिक डाइट फलो गरिरहेका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनी सन् १९९४ को हलिउड क्लासिक ‘फरेस्ट गम्प’ को हिन्दी रिमेकको लागि तयारीमा जुटिरहेका हुन् । 
 

 

उक्त फिल्ममा आमिरले टम ह्यांक्सको भूमिका निभाउनेछन् जो फिल्ममा एक सर्वसाधारण बनेका थिए । फिल्मले राजनीति, इतिहास, खेल, युद्ध, पीडा, प्रेम सबैकोे मिश्रण रहेको कहानी बोल्नेछ । आमिरका पूर्व म्यानेजर अद्वैत चन्दनले यस फिल्मलाई निर्देशन गर्नेछन् । फिल्मको रिमेकलाई भारतीय समवेदना अनुुसार नै बनाइनेछ । 
 

 

फिल्मका मुख्य पात्र फर्रेस्टको दिमागले कम काम गर्ने हुन्छ । तर पनि उसले सफलता हासिल गर्छ र एक ऐतिहासिक पुरूष बन्छ । फिल्ममा उसले आफूले गरेको साँचो प्र्रेमबाट पनि धोका पाउँछ । उक्त फिल्म ओस्कारको एक दर्जन नोमिनेसनमा परेको थियो भने फिल्मले ६ वटा ओस्कार अवार्ड पनि जितेको थियो । यो कथा लेखक विन्स्टन गू्रमले सन् १९८६ मा लेखेको उपन्यासमा आधारित कथा हो । 
 

 

यस फिल्मबाट टम ह्यांक्साई लगातार दुुईपटक उत्कृष्ट अभिनेताको अवार्र्ड मिल्यो । बलिउडका ‘मिस्टर पर्र्फेक्सनिस्ट’ मानिने आमिरले पछिल्लो गजनी, दंगल, धूम ३ र पीकेजस्ता फिल्ममा आफूलाई पूर्ण रूपमा परिवर्तन गराएका थिए । 

आमिर खान

विशेष