समाज

८ हजार अस्थायी शिक्षक फेल, न्यूनतम ४० अंक पनि ल्याएनन्

८ हजार अस्थायी शिक्षक फेल, न्यूनतम ४० अंक पनि ल्याएनन्

काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षामा सहभागीमध्ये झन्डै एक तिहाइ अस्थायी शिक्षक फेल भएका छन् ।  आन्तरिक प्रतिस्पर्धाको परीक्षा एिका २२ हजार २ सय शिक्षकमध्ये करिब ८ हजार लिखित परीक्षामा अनुर्तीर्ण भएका हुन् । 

 

उनीहरूले पास हुन चाहने न्यूनतम ४० अंक पनि ल्याउन सकेनन् । शिक्षा मन्त्रलायले अस्थायी शिक्षलाई स्थायी गर्न ऐन संशोधन गरी आन्तरिक परीक्षा लिएको थियो । कतिपय शिक्षक अनुर्तीर्ण हुने डरले प्रतिस्पर्धामै सहभागी भएनन् । आयोगले लिने अन्तर्वार्तामा अझै करिब १ हजार शिक्षक छाँटिने निश्चित छ । 

 

आयोगले ९ प्रकारका विज्ञापन गरेकोमा कुनैमा माग भन्दा बढीले लिखित परीक्षा पास गरेका छन् । आयोगले २२ हजार ७६ पदका लागि आन्तरिक तर्फ विज्ञापन गरेकोमा २३ हजार ३ सयले आवेदन दिएका थिए । तीमध्ये २२ हजार २ सयले मात्र परीक्षा दिएका हुन्। यो खबर आजको कान्तिपुरबाट लिइएको हो ।

अस्थायी शिक्षक

विशेष