खेल

अफ्रिकन वर्ष खेलाडीको उपाधि सलाहलाई 

अफ्रिकन वर्ष खेलाडीको उपाधि सलाहलाई 

एजेन्सी । यो वर्षको अफ्रिकन वर्ष खेलाडीको उपाधि लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहले हात पारेका छन् । उनी लगातार दोस्रो पटक यो अवार्ड जित्न सफल भएका हुन् । सलाहले आफ्नै क्लबका साडियो माने र आर्सनलका स्ट्राइकर पिएरी इमिरेकलाई पछि पारे ।

 

सन् २०१८ मा अन्तराष्ट्रिय फुटबलका साथै देशका लागि पुर्याएको योगदानका आधारमा सलाहले यो अवार्ड लगातार दोस्रो पटक पाएका हुन् । सेनेगलमा आयोजना भएको विशेष समारोहमा सलाहले २०१७ र १८ को सिजनमा लिभरपुलका लागि ४८ गोल गरेका थिए । जसमा उनको प्रदर्शनले लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।

 

यस्तै, रसिया विश्वकपमा देशले खराब प्रदर्शन गरे पनि उनले दुई गोल गरेका थिए । सुरुवाती खेलमा चोटका कारण बेन्चमा बसेका सलाहले यो सिजनपनि २९ खेलमा १६ गोल गरेका छन । उपाधिसँगै सलाह वर्षको उत्कृष्ट टिम अफ दी इयरमा पनि परेका छन । उनीसँगै पिएरी पनि सो टिममा अटाएका छन् । यसअघि सलाहले बीबीसी वर्षको उत्कृष्ट अफ्रिकन फुटबलरको उपाधि पनि जितेका थिए । 
 

वर्ष खेलाडी स्ट्राइकर मोहम्मद सलाह

विशेष